चितवन सेरोफेरो

असार १५ गते चितवनको बछौलीमा रोपाइँ महोत्सव, प्रधानमन्त्री प्रचण्ड सहभागी हुने
-न्युजभित्तो

चितवन, १३ असार । सरकारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाउने भएको छ। बिहीवार २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ मूल समारोह समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १५ गते राष्ट्रिय धान दिवस...

चितवनका विभिन्न स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

काठमाडौं, १२ असार । चितवनका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले चितवनका खोला तथा नदीहरुमा बाढी आउने चेतावनी जारी गरेको छ । महाशाखाका अनुसार चितवनको माडीस्थित कल्याणपुर वर्षा मापन...

नारायणगढ–मुग्लिन खण्डमा माइक्रो र ट्रक ठोक्किदा नौ जना घाइते
-न्युजभित्तो

चितवन, १२ असार । नारायणगढ–मुग्लिख सडक खण्डको एक नम्बर पुलनजिक मंगलवार दिउँसो ४ः५५ बजे माइक्रो बस र ट्रक आपसमा ठोक्किदा नौ जना घाइते भएका छन् । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको प्र३–०१–००५ ख ९४९५ नम्बरको माइक्रो र बिपरित दिशाबाट जाँदै गरेको...

भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने
-न्युजभित्तो

चितवन, ११ असार । भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । महानगरको सोमबार सम्पन्न १५औँ अधिवेशन तथा नगरसभामा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गर्नुभयो । महानगरपालिकालाई उन्नत बीउ...

भरतपुरको नीति तथा कार्यक्रमः एक घर दुई रुख,महानगरको आफ्नै नर्सरी
-न्युजभित्तो

भरतपुर, १० असार । भरतपुर महानगरपालिकाले हरियाली महानगरपालिका कार्यक्रमको लागि आफ्नै नर्सरी स्थापना गरी सञ्चालन गर्ने भएको छ । पन्ध्रौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले हरियाली महानगरपालिका कार्यक्रमका लागि आफ्नै नर्सरी स्थापना गर्न...

चितवन निकुञ्जमा एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा नौजना विरुद्ध मुद्दा दायर
-न्युजभित्तो

चितवन, १० असार । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौजना विरुद्ध मुद्दा दर्ता गरेको छ । निजहरुविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । कार्यालयले आज जारी गरेको विज्ञप्तिमा...

जापान जान चाहाने सय जना विद्यार्थीलाई सेन्ट्रल कलेजले बिशेष छात्रबृत्ति दिने
-न्युजभित्तो

चितवन, १० जेठ । उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहाने विद्यार्थीलाई सेन्ट्रल कलेजले बिशेष छात्रबृत्ति दिने भएको छ । कलेजले गरिब तथा जेहेनदार, आदिबासी जनजाति, दलित र पछाडि परेको समुदायलाई बिशेष छात्रबृत्ति दिने भएको हो । कलेजका प्रिन्सिपल यज्ञ...

मदन जयन्तमा माडीमा फलफूलका विरुवा रोपिने
-न्युजभित्तो

चितवन, ७ असार । नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता स्व. मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर माडीमा फलफूलका विरुवा रोपिने भएको छ । मदन भण्डारी फाउण्डेशन चितवन र नेकपा (एमाले) चितवनले संयुक्त रुपमा कार्यक्रम गर्न लागेका हुन् । स्थानीय...

चितवनको गोही प्रजनन केन्द्रमा दुई सय तीन बच्चा कोरलिए
-न्युजभित्तो

चितवन, ७ असार । चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा दुई सय तीनवटा बच्चा कोरलिएका छन् । राप्ती नदीबाट सङ्कलन गरिएका दुई सय ४७ अण्डाबाट एक सय ९८ र प्रजनन केन्द्रमा रहेका अण्डाबाट पाँच गरी दुई सय तीन...

बिमानस्थल बिस्तारमा निरन्तर लागेको भन्दै दुई मन्त्रीद्वारा प्रमुख दाहालको प्रसंशा
-न्युजभित्तो

चितवन, ६ असार । भरतपुर महानगरपालिकाको प्रमुख भएसँगै पहिलो एजेण्डाको रुपमा भरतपुर विमानस्थलको बिस्तार र स्तरोन्नतीलाई लिनु भएकी प्रमुख रेनु दाहाल कामले मूर्तरुप लिदैं गर्दा सबै तिरबाट प्रसंशाको पात्र बन्नुभएको छ । बिहीबार श्री एयरको जहाज परीक्षण उडानका क्रममा...