सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कको उद्घाटन


  •    न्युजभित्तो/१२ भाद्र २०८१, बुधबार ०८:१३ 
  • चितवन, १२ भदौ । चीन–दक्षिण एसियाली राष्ट्रहरूको गरिबी निवारण तथा साझेदारी विकास केन्द्रको नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कको मंगलबार उद्घाटन गरिएको छ । चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयमा पार्कको उद्घाटन गरिएको हो ।

    उद्घाटन समारोहमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यसले नेपालको जनसङ्ख्याको ठूलो हिस्सालाई समेटेको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तन, खाद्य सुरक्षा र दिगो कृषि विकासका चुनौतीहरू यस परियोजनामार्फत समाधान हुनेमा हामीले विश्वास लिएका छौँ ।”

    चितवन कृषि तथा वनविज्ञान विश्वविद्यालयका कृषिविज्ञसँग मिलेर नेपालमा धान उत्पादन र उपज बढाउने उद्देश्यले वैज्ञानिक अनुसन्धान र प्रयोग गर्न सहयोग गरेकामा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

    नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चीन–दक्षिण एसियाली देश गरिबी निवारण तथा सहकारी विकास केन्द्रअन्तर्गत नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कको उद्घाटन गरिएको बताउनुभयो । उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय कंग्रेसको प्रतिवेदनमा उल्लिखित निर्देशन कार्यान्वयन गर्ने ठोस कार्य भएको प्रष्ट्याउनुभयो ।

    सन् २०१९ मा राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चीन र नेपालका नेताहरूबीच भएको सहमतिसँग पनि यो परियोजनाले मेल खाएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “दुई देशबीच र स्थानीयस्तरमा व्यापार, जीविकोपार्जन सुधार, युवा आदानप्रदान र अन्य क्षेत्रमा आदानप्रदान र सहयोग प्रवर्द्धन गर्न र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन यो परियोजना सफल हुनेछ ।”

    राजदूत चेनले आगामी पाँच वर्षमा नेपाल र चीन दुवैको संयुक्त प्रयासबाट नेपालको धान उत्पादन प्रविधिमा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले चीन–नेपाल मित्रता थप प्रगाढ हुने र ती प्रयासबाट नेपाली जनता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

    समारोहमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शारदा थपलिया, चोङकिङ कृषि समितिको तर्फबाट चोङकिङ कृषि तथा ग्रामीण समितिका उपनिर्देशक वाङ सिजी, चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टको नेपाल कार्यालयका निर्देशक जोउ झिकियाङलगायतले परियोजनाको महत्त्व जानकारी गराउनुभएको थियो ।

    परियोजनाले नेपालमा हाइब्रिड धानको उत्पादन बढाउने र धानखेती, पशुपालन, माछापालन र हरितगृहमा सहकार्यलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । चीनमा उत्पादित वर्णशङ्कर ९हाइब्रिड० धानका जातहरूलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक एवं चिनियाँ विश्वविद्यालयका प्राध्यापकहरूको सहकार्यमा यहाँ अनुसन्धान गर्ने लक्ष्य लिइएको छ । धानका जातहरूको परीक्षण गरी धानको उत्पादकत्व बढाउन र समग्र कृषिको आयात प्रतिस्थापन गर्न परियोजना सफल हुने लक्ष्य लिइएको सो अवसरमा जानकारी गराइएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.