सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अण्डाको मूल्य बढ्यो


  •    न्युजभित्तो/७ भाद्र २०८१, शुक्रबार १८:५७ 
  • चितवन, ७ साउन । अण्डाको मूल्य बढेको छ । अण्डा उत्पादक किसानहरुले आजदेखि अण्डाको मूल्य बढाएका हुन् । पहिलेपहिले संघ मार्फत् अण्डाको मूल्य निर्धारण हुनेमा अहिले उत्पादक आफैले मूल्य निर्धारण गरेका हुन् ।

    दाउन्ने एग्रो फार्म लिमिटेडेका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेपछि मूल्य बढाईएको बताउनुभयो । दाउन्ने एग्रो फार्मले चितवन आधार मानेर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको) रु. ५०५ तय गरेको छ । ठूलो अण्डा रु.४९५ र मिडियम रु.४२५ तोकिएको हो ।

    हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले आफ्नो फर्मले पनि अण्डाको एक्सलमा प्रतिक्रेट रु. ५ र ठूलो एवं मिडियममा रु. १० बृद्धि गरेको बताउनुभयो । सबै फार्महरुले मूल्य बढाएको उहाँले जानकारी दिनुभयो । लामिछानेले भन्नुभयो “मूल्य बढ्दा पनि लागत मूल्यमा पुग्न अझै सकिएको छैन ।” सबै फार्मले यही दररेटमा अण्डाको मूल्य बढाएका छन् ।

    अण्डा उत्पादक कृषकहरुले नेपाल लेयर्स कुखुरा पालक संघ गठन गरेर बजारीकरणमा जुटेका छन् । संघ सक्रिय बनेसँगै ओरालो लागेको अण्डाको बजार उठेको हो । यद्यपी धेरै कृषक विस्थापित भईसकेका छन् । संघका अध्यक्ष समेत रहनु भएका पोखरेलले ७५ प्रतिशत कृषक विस्थापित भईसकेको भन्दै पुनः लगानी गरेर टिकेकाहरुले व्यवसाय विस्तार गर्दा देशको माग धान्न सकेको बताउनुभयो ।

    खिलुङ काली पोल्ट्री फार्मका सञ्चालक भेषराज अर्यालले भदौ लागेसँगै व्रतहरु सकिएको, पहाडी क्षेत्रका केही भागका बाटोहरुमा केही सुधार आएको, चाडपर्व शुरु भएको, विद्यालय, क्याम्पस सञ्चालनमा आएका, पर्यटकको आगमन बढेकाले अण्डाको माग बढेको बताउनुभयो ।

    उद्योग संघ चितवनका पूर्व अध्यक्ष पोल्ट्री व्यवसायी त्रिलोचन कँडेलले माग बढेको तर उत्पादन घटेको बताउनुभयो । झण्डै दुई महिना अघि २५ देखि २६ लाख दैनिक अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २३ देखि २४ लाखमा झरेको उहाँले जानकारी दिनुभयो । केही महिनाअघि विज्ञहरुले अण्डाको लागत मूल्य प्रतिगोटा रु.१६.५६ निकालेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    • स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.