पत्रकार होमनाथ सापकोटालाई ‘फेडवासन वास रााष्ट्रिय पत्रकारिता पुरस्कार’
न्युजभित्तो/१० भाद्र २०८१, सोमबार १४:२१
रत्ननगर (चितवन), १० भदौ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले प्रदान गर्ने फेडवासन वास रााष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ चितवनका क्रियाशील पत्रकार होमनाथ सापकोटालाई प्रदान गरिएको छ । महासंघको २२औं स्थापना दिवसको अवसरमा सौराहामा आयोजित कार्यक्रममा सापकोटालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रमा पत्रकारिता मार्फत योगदान गरेको भन्दै सापकोटालाई नगद पुरस्कार सहित सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि खानेपानी मन्त्री प्रदिप यादब, महासंघका अध्यक्ष राजेन्द्र अर्याल, बागमती प्रदेशका पूर्व अर्थमन्त्री जगन्नाथ थपलिया, खानेपानी तथा ढल व्यवस्था विभागका महानिर्देशक रामकुमार श्रेष्ठले पत्रकार सापकोटालाई सम्मानपत्र, दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गर्नुभएको हो ।
चितवन पोष्ट दैनिकका संवाददाता तथा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष सापकोटा विगत २२ बर्षदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । छापा पत्रकारिता तर्फ सापकोटा सहित टेलिभिजन तर्फ एभिन्यूज टेलिभिजनका रमेशचन्द्र राज भण्डारी, रेडियो तर्फ रेडियो परासीका मेघराज गौतम, अनलाइन तर्फ उकेरा डटकमका जगतदल जनाल विकलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको महासंघका महासचिव इन्द्र तामाङले जानकारी दिनुभयो ।