चितवन, ११ भदौ । अण्डा उत्पादक कृषकहरुले अण्डाको मूल्य तोकेका छन् । बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण बिभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन दिएपछि उत्पाकहरु आँफैले अण्डाको मूल्य तय गरेका हुन ।
दाउन्ने एग्रो फार्म लिमिटेडले काठमाडौं आधार वनाएर होलसेल मूल्य एक कार्टुनको रु ३ हजार ६५० तय गरेको छ । आइतबार दाउन्नेले रिटेल मूल्य काटुनको रु ३ हजार ८ सय तय गरेको हो । यस्तै हिमचुली पोल्ट्री प्रा। लि।ले होलसेल प्रतिकाटुन रु ३ हजार ६३५ र रिटेल रु ३ हजार ७९० तय गरेको छ । खिलुङ् कालिका एग्रो फार्मले होलसेल प्रतिकाटुन रु ३ हजार ६५५ र रिटेल रु ३ हजार ८०५ तय गरेको छ । लक्ष्य पोल्ट्रीले होलसेल प्रतिकाटुन रु ३ हजार ६४५ र रिटेल रु ३ हजार ७९५ तोकेको छ । भिज्जु पोल्ट्रीले होलसेल प्रतिकाटुन रु ३ हजार ६६० र रिटेल रु ३ हजार ८१० तय गरेको छ । सुविस पोल्ट्री मार्केटीङ्ले होलसेल प्रतिकाटुन रु ३ हजार ६४० र रिटेल रु ३ हजार ७९० तोकेको छ ।
नेपाल एग टे«डीङ्ले होलसेल प्रतिकाटुन रु ३ हजार ६६५ र रिटेल रु ३ हजार ८१५ तोकेको छ । शिबम पोल्ट्रीले होलसेल प्रतिकाटुन रु ३ हजार ६४५ र रिटेल रु ३ हजार ८०५ तय गरेको जनाएको छ । बिगतमा नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य तय गर्ने गरेको भए पनि पछिल्लो समय उत्पादकहरुले मूल्य तय गर्न थालेका छन् । बजारको अबस्था हेरेर उनीहरुले तय गरेको दर रेट उस्तै उस्तै देखिएको छ । संघका अध्यक्ष विनोद पोखरेलले उत्पादकहरुले दर रेट आँफै तय गर्न सुरु गरेको जानकारी दिनुभयो । पछिल्लो समय भदौ लागे संगै अण्डाको माग बढ्दै गए पछि मूल्य समेत वढेर गएको छ ।