चितवन सेरोफेरो

भेटिएन त्रिशुलीमा बेपत्ता बस, धमिलो पानी र उच्च बहाबका कारण खोजीमा कठिनाइ
-न्युजभित्तो

चितवन, २८ असार । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात छ । त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको छ । जिल्ला प्रहरी...

कालिखोलामा दुइतर्फी यातायात सञ्चालन,सिमलतालमा भने अझै एकतर्फी
-न्युजभित्तो

भरतपुर, २८ असार । लगातारको बर्षासंगै आएको पहिरोले अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । बिहान एक बजेदेखि अबरुद्ध सडकखण्ड दिउसो १ बजेदेखि सञ्चालनमा आएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार इच्छाकामना...

पानी बढी परेमा आपत्कालीन अवस्था लागू गर्न सुझाव
-न्युजभित्तो

काठमाडौँ, २८ असार । भिरालो र पहिरोको जोखिम भएको जमिनमा २४ घण्टामा एक सय ५० मिलिमिटरभन्दा बढी पानी परेमा आपत्कालीन अवस्था लागू गर्नुपर्ने भूगर्भविद् डा रञ्जनकुमार दाहालले सुझाव दिएका छन् । त्रिभूवन विश्वविद्यालयका भू–विपद् विशेषज्ञ एवं अन्तर्राष्ट्रिय इञ्जिनियरिङ भू–विज्ञानका...

पहिरोमा बेपत्ता भएकाहरुका आफन्तलाई चितवनका होटलमा निशुल्क खाना बस्नको व्यवस्था
-न्युजभित्तो

भरतपुर, २८ असार । होटल व्यवसायी संघ चितवनले चितवनको नारायणगढ-मुग्लिन सडक खण्डको पहिरोमा परेर वेपत्ता भएकाहरुको आफन्तलाई निशुल्क खाना बस्नको व्यवस्था गर्ने भएको छ । पहिरोमा परेर वेपत्ता भएकाहरुको उद्धारमा सहयोग पु¥याउने उदेश्यले होटल व्यवसायी संघ चितवनले सो निर्णय...

चितवन पहिरो स् बेपत्ता बस भेटिएन, गोताखोर परिचालन
-न्युजभित्तो

चितवन, २८ असार । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए ।...

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता
-न्युजभित्तो

नारायण अधिकारी चितवन, २८ असार । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान...

नारायणी नदीले सतर्कता तह पार गर्‍यो
-न्युजभित्तो

चितवन, २७ असार । नारायणी नदीले सतर्कता तह पार गरेको छ । नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ । नारायणी नदीको देवघाटस्थित जल मापन...

चितवनमा पुँजीगततर्फ ७३ प्रतिशत खर्च
-न्युजभित्तो

चितवन, २६ असार । सङ्घीय सरकारले जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३ दशमलव ८२ प्रतिशत खर्च भएको छ । जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये रु चार अर्ब ४१ करोड ६९ लाख ५३ हजार छ सय २४...

भरतपुर महानगरद्वारा ५४ सङ्घ संस्थालाई कृषि सामग्री प्रदान
-न्युजभित्तो

चितवन, २५ असार । भरतपुर महानगरपालिकाले यहाँका ५४ समूह, सहकारी र कृषि फर्मलाई कृषियन्त्र तथा उपकरण प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले आज एक कार्यक्रमकाबीच ती सामग्री हस्तान्तरण गर्नुभएको हो । महानगरको कृषि तथा...

बाढीले बिगार्‍यो नारायणी किनारको सौन्दर्य
-न्युजभित्तो

चितवन, २५ असार । पछिल्लो समयमा पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएको चितवनको नारायणी नदी किनार गत शनिबार आएको बाढीले उधिनेर क्षति पुर्‍याएको छ । नारायणी नदी किनार ठूला सभा समारोह, मेला महोत्सव आयोजना गर्नेदेखि साँझ–बिहान टहल्नेहरुको रोजाइमा पनि पर्दै...