चितवन सेरोफेरो
भरतपुर, १३ असार । चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौ छुटेको माइक्रोबस पनि सम्पर्क बिहिन भएको छ । सो माइक्रोपनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको आशंका गरिएको छ । असोज ११ गते शुक्रबार दिउसो करिब २ बजे मनकामना माई यातायात प्रा।लि। मार्फत...
चितवन, ११ असोज । भरतपुरको सिटी ल्याण्डमार्कमा रहेको पपुल युनिसेक्स शैलुनको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजित निःशुल्क कपाल काट्ने तालिम आज समापन भएको छ । ३० जना युवायुवतीलाई दिइएको ४५ दिने निःशुल्क तालिम असमापन भएको हो । जिल्ला समन्वय समिति...
चितवन, ११ असोज । नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन नपाइने भएको छ । बिहिबार रातिदेखि परिरहेको बर्षाले रातीको समयमा पहिरोको जोखिम आंकलन गरि जिल्ला सुरक्षा समितिले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउ नदिने भएको हो...
भरतपुर, ११ असोज । शैक्षिक क्षेत्रमा अब्बल संस्थाको रुपमा स्थापित हुँदै गइरहेको सेन्ट्रल ग्रुपले थप चार क्षेत्रमा लगानी विस्तार गर्ने भएको छ । सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा।ली र सेन्ट्रल मोडेल कलेज संचालन गर्दै आइरहेको ग्रुपले लगानी विस्तार...
चितवन, ११ असोज । वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत सुरु गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा...
चितवन, ११ असोज । प्रतिकूल मौसमका कारण भरतपुर विमानस्थलका उडान प्रभावित भएका छन् । शुक्रबार बिहानदेखि परेको अविरल वर्षाका कारण कम भिजिविलिटी हुँदा भरतपुर विमानस्थलका उडान प्रभावित भएको हो । विमानस्थलका अनुसार उडान प्रभावित भएसँगै हवाइ यात्रुहरु समस्यामा परेका छन् ।...
चितवन, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता...
चितवन, १० असोज । पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । नेपालमा अस्पताल नहुँदा विदेशमा उपचार गर्नुपर्ने बाध्यता थियो । बिपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उहाँले चीन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री ली फङ्गसँगको भेटमा...
चितवन, १० असोज । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन थालिएको हो । सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवन सहितका संरचना डोजर लागएर भत्काइएका छन् । महानगरपालिकाले २०८०...
चितवन, ९ असोज । जिल्लामा स्थायी बसोबास गर्ने जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नमा चितवन आत्मनिर्भर रहेको छ । धान, मकै, गहुँ, कोदो, फापरलगायत खाद्यान्न बालीमा जिल्ला आत्मनिर्भर भएको हो । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ ३७ हजार ११८...















