चितवन सेरोफेरो

बाँझो जमिनमा खेती गरेर चेपाङलाई आत्मनिर्भर बनाउँदै कालिका नगरपालिका
-न्युजभित्तो

चितवन, २ असोज । कालिका नगरपालिका यहाँको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको छ । ग्रामीण क्षेत्रमा बाँझो रहेको जमिनमा खेती गरी उब्जनीले यो समुदायलाई आत्मनिर्भर बनाउन नगरपालिका लागिपरेको हो । कालिका नगरपालिकाका तीनवटा वडा पहाडी...

भरतपुरको शहरी क्षेत्रमै देखिन थाले बाघ, स्थानीय त्रसित
-न्युजभित्तो

चितवन, २ असोज । पछिल्लो समय भरतपुर महानगरको शहरी क्षेत्रमा जंगली जनावर बाघ देखिन थालेका छन् । शहरी क्षेत्रमै बाघले मान्छेलाई आक्रमण गरी घाइते बनाउनेदेखि घरपालुवा जनावरलाई आक्रमण गरी मारेका घटनाहरु बाहिर आएका छन् । भरतपुर–७ मा भदौ ३१ गते...

मलेखु-मुग्लिन सडक स्तरोन्नति सुस्त,डेढ वर्षमा १६ प्रतिशत मात्रै भौतिक प्रगति
-न्युजभित्तो

चितवन, १ असोज । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरी...

यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै
-न्युजभित्तो

चितवन, १ असोज । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन् । यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन्भने छवटा जन्मिने क्रममाछन् । तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार गएको जेठ...

मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने
-न्युजभित्तो

मुग्लिन (चितवन), १ असोज । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१...

चितवनमा पाँचसय मेट्रिक टन मह बिक्री भएन
-न्युजभित्तो

चितवन, ३१ भदौ । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो । पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको...

नारायणगढ–मुग्लिन सडक स् नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन
-न्युजभित्तो

भरतपुर, ३१ भदौ । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच...

गुरुङ भाषाको पुस्तक ‘तमू क्युई’ लोकार्पण
-न्युजभित्तो

मुग्लिन (चितवन), ३० भदौ । गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ । पुस्तकको शनिबार तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का बागमती प्रदेश प्रमुख...

त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन
-न्युजभित्तो

चितवन, ३० भदौ । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्विचअफ छ...

बन्द भए चितवनका इँटा उद्योग
-न्युजभित्तो

चितवन, ३० भदौ । गुणस्तरीय इँटा उत्पादन हुँदै आएको यहाँका सबै इँटा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् । नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्ष नारायण सापकोटाका अनुसार...