सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुस ५ र ६ गते पर्वको रुपमा नगर अधिवेशन गर्दै एमाले कालिका, बृहत सहभागितामा उद्घाटन हुने


  •    न्युजभित्तो/४ पुष २०८१, बिहीबार १२:५२ 
  • कालिका (चितवन), ४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कालिका नगर कमिटीको अधिवेशन पर्वका रुपमा भव्य तरिकाले हुने भएको छ । पुस ५ र ६ गते कालिका–६ स्थित कालिका बैंकेटमा अधिवेशन हुन लागेको हो ।

    अधिवेशनका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा एमाले नगर अध्यक्ष केशव लामाले गाउँगाउँ र टोलटोलबाट ठूलो संख्यामा एमाले नेता, कार्यकर्ता र शुभेच्छुकहरुको सहभागिता हुने बताउनुभयो । उहाँले भन्नुभयो “हामीले अधिवेशनलाई पर्वका रुपमा मनाईरहेका छौं ।

    चोकचोकमा पार्टी प्रचारसामग्रीले सजाईएको छ । कार्यकर्ता र शुभेच्छुकहरुको ठूलो उत्सुकता रहेको भन्दै अध्यक्ष लामाले विगतमा नयाँ शक्तिको पछि लागेकाहरु पनि अहिले गल्ती महसुस गर्दै पार्टीमा फर्किएको बताउनुभयो ।

    अधिवेशनको सम्पूर्ण तयारी पूरा भन्दै अध्यक्ष लामाले पार्टी पोलिटब्युरो सदस्य देवी ज्ञवालीले उद्घाटन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनका लागि नगरभित्रका सबै वडाबाट ३ सय १७ जना प्रतिनिधि छनोट भइसकेका छन् । अधिवेशनको उद्घाटनसत्रमा २ हजार नगरवासीलाई सहभागी गराउने तयारी गरिएको लामाले बताउनुभयो । उहाँले अधिवेशनको उउद्घाटन सत्रमा सबै नगरवासीलाई उपस्थित हुन आव्हान समेत गर्नुभयो ।

    अधिवेशनका सन्दर्भमा नगरका ठाउँठाउँमा राखिएका प्रचार सामग्री पार्टी आफैले सफा गर्ने अध्यक्ष लामाको भनाई छ । उहाँले भन्नुभयो “कतिपयले प्रचारसामग्रीलाई फोहोर गरेको अर्थमा बुझेका छन्, यो हाम्रो पर्व हो, अधिवेशन सम्पन्न भएसँगै हामी पूर्ण रुपमा सफा गर्दछौं ।”

    नेकपा (एमाले) लाई बलियो बनाउन कालिका नगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको एमाले बागमती प्रदेश कमिटी सदस्य एवं नगर इञ्चार्ज खुमनारायण श्रेष्ठ (गोपी) ले बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको बिरासत पहिले जहाँ थियो त्यहीँ छ, एमाले कालिका २०७९ मा फर्किसकेको छ ।” उहाँले अधिवेशनबाट आउने पार्टीको नयाँ नेतृत्वले पार्टीलाई थप चलायमान बनाउने बताउनुभयो । पार्टीबाट नेतृत्व गरेर गएका जनप्रतिनिधिको कामबाट पार्टी सन्तुष्ट रहेको उहाँको भनाई थियो ।

    नयाँ शक्ति भन्दै राजनीतिमा आएकाहरुले नगरमा एउटा कल्भट पनि बनाउन नसकेको भन्दै इञ्चार्ज श्रेष्ठले विगतमा पार्टीबाट बाटो बिराएकाहरु पछुताउँदै पार्टीमा फर्किएको बताउनुभयो । उहाँले भन्नुभयो “संघीय निर्वाचनमा पार्टीलाई केही घाटा भएपनि अहिले हामी पुनः बलियो अवस्थामा फर्किएका छौं ।”

    कालिका नगरपालिकामा एमालेका १२९० जना संगठित सदस्य छन् । अधिवेशनबाट सकेसम्म सर्वसम्मत नभए लोकतान्त्रिक विधिबाट नेतृत्व छनोट हुने अधिवेशन प्रचार संयोजक हिम्मत पुरीले जानकारी दिनुभयो । उहाँले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको भन्दै भव्य रुपमा अधिवेशन सम्पन्न हुने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.