सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज ‘एलिमिनेटर’मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स


  •    न्युजभित्तो/३ पुष २०८१, बुधबार ११:३६ 
  • चितवन, ३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजदेखि प्लेअफ चरणका खेलहरू सुरू हुँदैछन् । सुरुमा एलिमिनेटर खेल हुनेछ, जसमा हार्ने टिम प्लेअफ चरणबाट बाहिरिनेछ ।

    लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच आज एलिमिनेटर खेल हुँदैछ । खेल बिहान ९ बजे त्रिभुवन विश्वविद्यालयको खेल मैदान किर्तिपुरमा हुनेछ ।

    क्वालिफायर टु मा पुग्नका लागि चितवन र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल जित्ने टोली क्वालिफायर टु मा पुग्नेछ । अर्थात अघोसित सेमिफाइनल खेल्नेछ ।

    एलिमिनेटरको विजेताले क्वालिफायर वानमा पराजित हुने टोली सँग क्वालिफायर टु मा प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटरमा पराजित हुने टोली बाहिरिनेछ ।

    लिग चरणमा चितवन र कर्णाली दुवैले ७ मध्ये समान ४ खेल जितेका थिए । ८ अंक जोडेपनि नेटरनरेटमा चितवन कर्णाली भन्दा अघि रहँदै तेस्रो भएको थियो ।

    अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भएपनि ८ अंक जोडेको अर्को टोली काठमान्डु गुर्खाजलाई पछि पार्दै कर्णाली याक्स प्लेअफ पुग्ने चौथो अर्थात अन्तिम टोली बनेको थियो ।

    चितवन र कर्णाली दुवैले लिग चरणमा कन्सिस्टेन्ट प्रदर्शन गर्न सकेन । चितवनले सुरूवाती दुई खेल जितेर राम्रो सुरूवात पाएपनि त्यसपछि हार्ने जित्ने क्रम चलिरह्यो । अन्तिम लिगमा जित हात पारेर चितवनले प्लेअफ यात्रा तय गरेको थियो ।

    चितवन दुई मिडियम पेस बलर र मध्यक्रममा कप्तान कुशल मल्ल र रवि बोपारामा धेरै निर्भर छ । चितवनले ओपनिङ जोडी धेरै परिवर्तन गरिरहेका छ । चितवनले हसन एइसाखिल, सन्तोष कार्की, दीपक बोहरा, विपिन रावल र लुक बेनकेन्सटाइनलाई ओपनिङ गराएपनि उपयुक्त जोडी भेट्टाउन सकेको छैन ।

    कर्णालीले सुरूवाती दुई खेल हारेर पनि लगातार चार खेल जित्यो तर अन्तिम खेलमा फेरि पराजित भयो । जितेको खेलमा पनि तीन खेल निकै क्लोजमा पुगेर जितेको थियो । ब्याटिङ र बलिङ दुवैमा कर्णालीको प्रदर्शन औसत छ । कर्णालीले सोचे जस्तो प्रदर्शन देखाउन सकेको छैन ।

    कर्णालीका लागि विलयम बोसिस्टोले अलराउण्ड प्रदर्शन गरिरहेका छन् । यस्तै ट्यालेन्ट हन्टबाट आएका युवा स्पीनर विपिन प्रसाद शर्माले उत्कृष्ट प्रदर्शन गर्दै राम्रो सम्भावना देखाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.