सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनपीएलः चितवन राइनोज प्लेअफमा प्रवेश


  •    न्युजभित्तो/३० मंसिर २०८१, आईतवार १६:१६ 
  • चितवन, ३० मंसिर । चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने तेस्रो टोली बनेको छ । आज विहान सम्पन्न खेलमा काठमाडौं गुर्खाजले बिराटनगर किंग्समाथि १ विकेटको जित हार पारे पनि नेटरनरेट चितवन भन्दा अघि बढ्न नसकेपछि चितवन टप ४ भित्र रहेर प्ले अफ पुग्ने निश्चित भएको हो ।

    काठमाडौंले ७ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ । काठमाडौको नेटरनरेट माइनस ०।३२१ रहेको छ । समान ८ अंक भएको कर्णाली याक्स ०।०९५ नेटरनरेटका साथ चौथो स्थानमा छ भने ७ खेलमै समान अंक भएको चितवन राइनोज ०।६३४ नेटरनरेटका साथ तेस्रो स्थानमा छ । लिगमा कर्णालीको एक खेल खेल्न बाँकी छ ।

    अन्तिम खेलमा कर्णालीले सुदूरपश्चिम रोयल्ससंग भिड्ने छ । उक्त खेलमा कर्णाली फराकिलो अन्तिरले पराजित भएमा मात्रै काठमाडौको प्लेअफ पुग्ने संभावना रहन्छ । अन्यथा नेटरनरेटको आधारमा कर्णाली पराजित भए पनि प्लेअफमा पुग्ने छ । सुदूरपश्चिमले कर्णालीलाई ५३ रन भन्दा बढीले पराजित गरेमा मात्र काठमाडौं नेटरनरेटमा माथि आउने छ ।यदि उक्त खेलमा कर्णाली विजयी भएमा काठमाडौ बाहिरिने छ । यो समीकरणले चितवन प्ले अफ पुगेको छ ।

    चितवन लगातार दुई खेल जित्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो खेलमा काठमाडौ गुर्खाजलाई ५ विकेट, पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको थियो । तेस्रो खेलमा कर्णाली याक्ससंग ६ विकेटले पराजित भएको चितवन चौथो खेलमा बलियो टोली सुदूरपश्चिम रोयल्समाथि ३३ रनको जित निकालेको थियो । पाँचौं खेलमा प्रतियोगिताकै कमजोर टिम लुम्बिनी लायन्ससंग ३३ रनले पराजित भएको थियो ।

    छैटौं खेलमा बिराटनगर किंग्ससंग ५१ रनले पराजित भएपछि चितवनको प्ले अफ पुग्ने संभावना कठिन बनेको थियो । जित्नै पर्ने लिगको अन्तिम खेलमा अर्को बलियो टोली जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै चितवनले प्ले अफ पुग्ने संभावना बलियो बनाएको थियो । आजको खेलमा काठमाडौंले ठूलो जित निकालेको खण्डमा चितवन बाहिरिने संभावना थियो । तर बिराटनगरसंग १ विकेटले मात्रै जित निकालेपछि चितवन प्ले अफ पुग्ने निश्चित बनेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.