banner news

काठमाडौँको बार निर्वाचनमा लोकतान्त्रिक समूह विजयी, अध्यक्षमा घिमिरे

काठमाडौँ । काठमाडौँ अदालत जिल्ला बार एकाइको अध्यक्षमा लोकतान्त्रिक समूहका उम्मेदवार जगदीश घिमिरे विजयी हुनुभएको छ । निर्वाचनमा लोकतान्त्रिक समूहको प्यानलनै विजयी भएको हो । नयाँ नेतृत्वका अझै सम्पन्न भएको मतदानमा अध्यक्षका उम्मेदवार घिमिरेले एक हजार तीन मत ल्याएर विजयी...

सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा अक्सिजनको कमीले निस्सासिएर चारको मृत्यु

उर्लाबारी । मोरङको सुनवर्सी नगरपालिका–९ डायनियास्थित मुस्लिम बस्तीमा रहेको मस्जिदको सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा अक्सिजनको कमीले निस्सासिएर आज बेलुका चार मजदुरको मृत्यु भएको छ । सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा उनीहरु बेहोस भएकामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो...

असारभित्रै पार्टी एकताका बाँकी काम सकिन्छ : प्रधानमन्त्री

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असार महीनाभित्रै पार्टी एकताको बाँकी काम सम्पन्न गरिने बताउनुभएको छ । जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...

मदन जयन्तीको अवसरमा वृक्षरोपण

चितवन। जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीको अवसरमा शनिबार विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनको आयोजनामा कालिका नगरपालिकाको थाङखोला सामुदायिक वन परिसरमा फलफूलका विरुवा रोपिएको छ । सो अवसरमा दुई सय वटा एभोकाडो फलको विरुवा रोपिएको मदन...

देशभर मनसुन सक्रिय : पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ । आज देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन...

प्रधानमन्त्रीद्वारा वृक्षरोपण शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडकखण्डमा आज वृक्षरोपण शुभारम्भ गर्नुभएको छ । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षरोपणको शुभारम्भ गर्नुभएको हो । वृक्षरोपण गर्दै उहाँले यसबाट काठमाडौँ उपत्यकालाई हराभरा पार्न मद्दत पुग्ने...

आज जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्ती

काठमाडौँ । नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा मदन भण्डारीको ६८ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । २०५० साल जेठ ३ गते दासढुंगामा जीप दुर्घटनामा परि निधन भएका भण्डारीको स्मरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पार्टीका...

मदन जयन्तीमा फलफूलका विरुवा रोपिने

भरतपुर, १३ असार । मदन भण्डारी फाउण्डेशन चितवनले ६८ औं मदन जयन्तीको उपलक्ष्यमा शनिबार फलफूलको विरुवा रोप्ने भएको छ । फाउण्डेशन र थाङ्गखोला सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको हो । साविक पदमपुरको कालिका नगरपालिका पर्ने...

विषालु च्याउ खाँदा एक जनाको मृत्यु, बेहोस तीन जनालाई हेलिकोप्टरबाट भरतपुर अस्पताल ल्याइयो

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७, दराङमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अरु तीन जना बेहोस भएका छन् । विषालु च्याउ पकाएर खाँदा स्थानीय १३ वर्षिय गुन्जमाया चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

चुकेको निधनमा काँग्रेसले भन्यो : कर्मठ समाजसेवी गुमायौँ

चितवन । नेपाली काँग्रेस चितवनले पार्टीका नेता, पूर्व महासमिति सदस्य, भरतपुर महानगरपालिकाका संस्थापक नगर प्रमुख तथा राष्ट्रिय पञ्चायतका जनपक्षिय साँसद मुक्तिलाल चुकेको निधनबाट परिवारले मात्र नभई सिंगो नेपाली काँग्रेस र समाजले कर्मठ समाजसेवी गुमाएको बताएको छ । काँग्रेस जिल्ला...