सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चुकेको निधनमा काँग्रेसले भन्यो : कर्मठ समाजसेवी गुमायौँ


  •    /१३ असार २०७६, शुक्रबार १७:५९ 
  • चितवन । नेपाली काँग्रेस चितवनले पार्टीका नेता, पूर्व महासमिति सदस्य, भरतपुर महानगरपालिकाका संस्थापक नगर प्रमुख तथा राष्ट्रिय पञ्चायतका जनपक्षिय साँसद मुक्तिलाल चुकेको निधनबाट परिवारले मात्र नभई सिंगो नेपाली काँग्रेस र समाजले कर्मठ समाजसेवी गुमाएको बताएको छ । काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले आज एक शोक सन्देश जारी गर्दै स्वर्गीय चुकेले पार्टी तथा समाजसेवाको क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

    शोक सन्देशमा शनिबार विहान ८ देखि ९ बजेसम्म श्रद्धासम्मान व्यक्त गर्न स्वर्गीय चुकेको पार्थिव शरीर काँग्रेस पार्टी कार्यालय, कमलनगर नारायणगढमा राखिने जनाउँदै शनिबार पार्टीको तर्फबाट आयोजना गरिएका शोकसभा बाहेक अन्य कुनै पनि कार्यक्रम नगर्न नगराउन पार्टी एवम् भातृ तथा शुभेच्छुक संस्थाहरुलाई अपील पनि गरिएको छ ।

    शोक सन्देशमा स्वर्गीय चुकेले युवाकालीन उमेरदेखि कर्मक्षेत्र बनाई चितवन जिल्लाको शिक्षा, स्वास्थ्य, यातायात, धार्मिक स्थल एवम् पर्यटनको विकासका साथै प्रजातन्त्र स्थापनाका निम्ति पुर्याउनुभएको योगदानको स्मरण गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.