काठमाडौँ । नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा मदन भण्डारीको ६८ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । २०५० साल जेठ ३ गते दासढुंगामा जीप दुर्घटनामा परि निधन भएका भण्डारीको स्मरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पार्टीका जनवर्गीय संगठन र मदन भण्डारी फाउण्डेसनको आयोजनामा देशव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारी कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्कबाट कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो । उहाँको पूरा नाम मदनकुमार भण्डारी हो । भण्डारी तत्कालिन नेकपा मालेको केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य हुँदै २०४६ सालदेखि पार्टीको महासचिव बन्नुभएको थियो ।
विश्वभर कम्युनिस्ट शासन पतन भइरहेका बेला नब्बेको दशकमा जनताको बहुदलीय जनवाद नामक प्रजातान्त्रिक बिचारको प्रतिपादन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिकरण गरेपछि मदन भण्डारी विश्वभर चर्चाको शिखरमा पुग्नुभएको थियो ।
कम्युनिस्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा लग्नुभएका जननेता भण्डारीलाई विश्व चर्चित न्युजवीक पत्रिकाले कार्ल माक्र्स नेपालमा जीवित छन् भनेर चर्चाको शिखरमा पुर्याएको थियो । २०४६ सालको जनआन्दोलनपछि खुलामञ्चको भाषणबाट एकाएक चर्चामा आएका भण्डारी भाषणकला र जबजकै कारण जनताबीच लोकप्रिय बनुभएको थियो ।