सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्ती


  •    /१४ असार २०७६, शनिबार ११:०७ 
  • काठमाडौँ । नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा मदन भण्डारीको ६८ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । २०५० साल जेठ ३ गते दासढुंगामा जीप दुर्घटनामा परि निधन भएका भण्डारीको स्मरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पार्टीका जनवर्गीय संगठन र मदन भण्डारी फाउण्डेसनको आयोजनामा देशव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

    वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारी कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्कबाट कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो । उहाँको पूरा नाम मदनकुमार भण्डारी हो । भण्डारी तत्कालिन नेकपा मालेको केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य हुँदै २०४६ सालदेखि पार्टीको महासचिव बन्नुभएको थियो ।

    विश्वभर कम्युनिस्ट शासन पतन भइरहेका बेला नब्बेको दशकमा जनताको बहुदलीय जनवाद नामक प्रजातान्त्रिक बिचारको प्रतिपादन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिकरण गरेपछि मदन भण्डारी विश्वभर चर्चाको शिखरमा पुग्नुभएको थियो ।

    कम्युनिस्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा लग्नुभएका जननेता भण्डारीलाई विश्व चर्चित न्युजवीक पत्रिकाले कार्ल माक्र्स नेपालमा जीवित छन् भनेर चर्चाको शिखरमा पुर्याएको थियो । २०४६ सालको जनआन्दोलनपछि खुलामञ्चको भाषणबाट एकाएक चर्चामा आएका भण्डारी भाषणकला र जबजकै कारण जनताबीच लोकप्रिय बनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता
    जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै
    बिमाका लागि पशुको नामसारी अनिवार्य
    • पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव
    • तनहुँमा दूध उत्पादनमा वृद्धि
    • सन्दर्भः विश्व माटो दिवस: बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान
    • प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.