सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मदन जयन्तीको अवसरमा वृक्षरोपण


  •    /१४ असार २०७६, शनिबार २२:३७ 
  • चितवन। जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीको अवसरमा शनिबार विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनको आयोजनामा कालिका नगरपालिकाको थाङखोला सामुदायिक वन परिसरमा फलफूलका विरुवा रोपिएको छ ।

    सो अवसरमा दुई सय वटा एभोकाडो फलको विरुवा रोपिएको मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराइले जानकारी दिनुभएको छ । गत वर्ष पनि थाङखोला सामुदायिक वनमा एकसय ५० वटा विरुवा रोपिएको थियो ।

    प्रदेश नंं ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामा प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवाली, मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलिया, प्रदेश साँसदहरु विजय सुवेदी, घनश्याम दाहाल, कृष्ण भुर्तेल, कञ्चन खनाललगायतले वृक्षरोपण गर्नुभएको थियो ।

    थप तस्विरहरु :

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.