सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मदन जयन्तीमा फलफूलका विरुवा रोपिने


  •    /१३ असार २०७६, शुक्रबार १९:०९ 
  • भरतपुर, १३ असार । मदन भण्डारी फाउण्डेशन चितवनले ६८ औं मदन जयन्तीको उपलक्ष्यमा शनिबार फलफूलको विरुवा रोप्ने भएको छ । फाउण्डेशन र थाङ्गखोला सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको हो ।

    साविक पदमपुरको कालिका नगरपालिका पर्ने सामुदायिक वनमा कागती र एबोगार्डाेको विरुवा रोपिने फाउण्डेशनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

    गतवर्ष पनि सोही सामुदायिक वनमा फाउण्डेशनले फलफूलका विरुवा रोपेको थियो । उक्त सामुदायिक वनमा व्यवस्थित फलफूलको बगैंचा तयार पार्ने योजना रहेको फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदीले बताउनुभयो । फलफूल उत्पादन भएपछि सामुदायिक वनका उपभोक्ताको नै स्वामित्व हुने गरी बगैंचा तयार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

    “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने नेपाल सरकारको नारालाई सार्थक पार्न सामुदायिक वनमा उत्पादनशील फलफूलका विरुवा रोप्ने कार्यलाई महत्व दिईएको फाउण्डेशनले जनाएको छ ।

    मदनकुमार भण्डारीको जन्म २००९ साल आषाढ १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको हो । पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिँला छोराको रूपमा भण्डारीको जन्म भयो ।

    नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारीको बि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीपदुर्घटनामा परी निधन भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका
    • आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
    • लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
    • सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
    • हात्तीको आक्रमणबाट दुई जना घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.