कृषि / पर्यटन
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उद्यमबाट नै मुलुकमा समृद्धि सम्भव भएकोले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलाका विभिन्न कृषि उद्यमको अवलोकन र अनुगमनपछि आज आयोजित कार्यक्रममा...
चितवन । नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो । महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार मुख्यरूपमा दाना बनाउने...
भरतपुर । पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको विस्तार गरिने बताउनु भएको छ । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस विमानस्थललाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री भट्टराईले यसलाई रात्रीकालिन बनाउने, रनवे थप्ने, टर्मिनल...
उपेन्द्र न्यौपाने सिञ्जा (जुम्ला) । कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ । उहाँहरू दुवैको बारीमा करीब १५० स्याउका बोट...
हेटौँडा । सङ्घीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले देशका दुई तिहाइ नागरिक संलग्न भएको कृषि पेशालाई नै देशको प्रमुख उद्योगका रूपमा अगाडि बढाउन लागिएको बताउनुभएको छ । प्रदेश ३ सरकारको अनुदानमा अग्रेली कृषि फारमद्वारा निर्मित “एग्रिनेट हाउस”...
कृष्ण आचार्य भरतपुर । चितवनमा ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालनको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिकाका युवाले नेपालमै नयाँ प्रणाली (बायोफ्लक) मार्फत माछापालनको सफल परीक्षण गरेका हुन् । भरतपुर–१० स्थित स्याउली बजारमा चार महीना अघिदेखि बायोफ्लक ट्याङ्कमा माछाका...
भरतपुर । चितवनमा प्रक्रिया पूरा नगरी बिक्रीका लागि लैजाँदै गरिएका कुखुराका चल्ला नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर चितवनले आइतबार भरतपुरबाट सो चल्ला नियन्त्रणमा लिएर सरोकारवालाको रोहवरमा नष्ट गरेको हो । काठमाडौँबाट काँकडभित्ता जाँदै गरेको ना५ख ७९३७ नंको...
चितवन । सतह सिँचाइ भरपर्दो नहुँदा जिल्लामा अझै १० प्रतिशत रोपाइँ हुन सकेको छैन । कृषिज्ञान केन्द्र भरतपुरका अनुसार अघिल्लो वर्ष यतिबेला ९८ प्रतिशत रोपाइँ भएकोमा यसवर्ष ९० प्रतिशत मात्र रोपाइँ भएको हो । जिल्लामा २८ हजार ६०० हेक्टर क्षेत्रफलमा...
नारायण अधिकारी चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ । विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा भरतपुर महानगरपालिका–२९ मा ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ सञ्चालनमा ल्याइएको हो । भरतपुर, गैँडाकोट...
चितवन । भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएका पाँच हजार पाँच सय कुखुराका चल्ला चितवनका व्यवसायीले शुक्रबार चितवनमा नियन्त्रणमा लिई नष्ट गरेका छन् । रौतहटबाट तनहुँँको डुम्रेतर्फ लैजाँदै गरेका चल्ला नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत जलवीरेबाट नियन्त्रणमा लिई नष्ट गरिएको छ । चल्लालाई...
















