सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोल्ट्री महासङ्घद्वारा कुखुराको दानामा ढुसी परीक्षण गर्ने प्रयोगशाला सञ्चालन


  •    /१३ भाद्र २०७६, शुक्रबार १४:०८ 
  • चितवन । नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो ।

    महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार मुख्यरूपमा दाना बनाउने कच्चा पदार्थ र बनिसकेको दानामा ढुसीको मात्रा प्रयोगशालामा परीक्षण गरिन्छ । दाना बनाउन प्रयोग गरिने मकै, भटमास, ढुटोसँगै विभिन्न पिनाहरुमा रहेको ढुसीको मात्रा प्रयोगशालामा परीक्षण गरिने गरेको छ । उहाँका अनुसार छ प्रकारका ढुसीको अवस्थाको बारेमा प्रयोगशालामा परीक्षण गरिने गरेको छ ।

    कुखुरालाई २० पिपीएमभन्दा कम ढुसीको मात्रा भएको दाना खुवाउनुपर्ने हुन्छ । त्यस्तै ३० पिपीएमसम्मकोलाई औषधि राखेर उपचार गर्न सकिन्छ भने त्यो भन्दा बढी ढुसी भएका दाना कुखुरालाई खुवाउन नहुने पोखरेलको भनाइ छ । प्रयोगशालामा लाग्ने खर्चको आधा रकम महासङ्घले व्योहोर्ने र बाँकी स्वयं उद्योगले व्यहोर्ने व्यवस्था मिलाइएको छ ।

    एउटा नमूना परीक्षणका लागि रु दुई हजार खर्च हुने गर्दछ । नारायणगढको पोल्ट्री व्यवसायी मञ्चको कार्यालयमा प्रयोगशाला स्थापना गरिएको हो । मञ्चका कार्यकारी निर्देशक शिव बरालका अनुसार भदौ १ गतेबाट प्रयोगशाला सञ्चालनमा आएको हो । हालसम्म १८ नमूना परीक्षण भइसकेको छ । नमूना सङ्कलनपछि प्रयोगशाला हेर्ने चिकित्सक बोलाएर परीक्षण गराइन्छ । डा विष्णुहरि पोखरेलले नमूना परीक्षण गर्दै आउनुभएको बरालले जानकारी दिनुभयो ।

    पशु र पक्षी दुवैको दाना परीक्षण गर्न सकिने गरी प्रयोगशाला स्थापना गरिएको हो । ढुसीको मात्रा बढी भएको दाना खुवाउँदा कुखुरा मर्ने, बढ्न नसक्ने, उत्पादनमा कमी आउने भएपछि महासङ्घले दाताहरुसमेत खोजी गरी प्रयोगशाला स्थापना गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने
    • एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
    • छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    • उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    • दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.