भारतबाट अवैध रुपमा भित्र्याईएका चल्ला चितवनमा बरामद
/२४ श्रावण २०७६, शुक्रबार २०:५७
चितवन । भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएका पाँच हजार पाँच सय कुखुराका चल्ला चितवनका व्यवसायीले शुक्रबार चितवनमा नियन्त्रणमा लिई नष्ट गरेका छन् ।
रौतहटबाट तनहुँँको डुम्रेतर्फ लैजाँदै गरेका चल्ला नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत जलवीरेबाट नियन्त्रणमा लिई नष्ट गरिएको छ । चल्लालाई भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरमा ल्याई नष्ट गरिएको हो ।
कुखुराका चल्ला ल्याउन प्रयोग गरिएको ना ४ च ३६९८ नं गाडीसहित व्यवसायीले नियन्त्रणमा लिएका ह्याचरी उद्योग संघका सहसचिव पुरु खनालले जानकारी दिनुभयो । सवारीलाई भन्सार कार्यालय पठाइने जनाइएको छ । बोलेरो चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।