भरतपुर विमानस्थल विस्तार हुन्छ, वरपरका सबै अवरोध हटाईन्छ : मन्त्री भट्टराई
/१२ भाद्र २०७६, बिहीबार ११:२०
भरतपुर । पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको विस्तार गरिने बताउनु भएको छ । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस विमानस्थललाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
मन्त्री भट्टराईले यसलाई रात्रीकालिन बनाउने, रनवे थप्ने, टर्मिनल भवनलाई आधुनिक र व्यवसायिक बनाउने बताउनुभयो । भरतपुर विमानस्थललाई काठमाण्डौं बाहिरको वैकल्पिक डोमेस्टिक (आन्तरिक) विमानस्थल बनाउने लक्ष्यका साथ काम हुने उहाँको भनाई थियो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल सहितको सर्वदलीय सर्वपक्षीय बैठक जिल्लामा नै राखेर काम अगाडि बढाउने उहाँले बताउनुभयो । भरतपुर विमानस्थल वरपर बनेका ठूला भवनहरुले हवाई उडानमा अवरोध गरेको छ नि ? भन्ने प्रश्नमा मन्त्री भट्टराईले विमानस्थल विस्तार गर्दा आउने सबै अवरोध हटाईने बताउनुभयो ।
नेपालको हवाई भाडा दर महंगो भएको बताउँदै मन्त्री भट्टराईले विदेशी पर्यटकलाई झनै महंगो भएको बताउनुभयो । उहाँले भन्नुभयो “भाडादर महंगो हुँदा पर्यटन क्षेत्र प्रभावित भएको छ, भाडादर पुनरावलोकन हुन्छ ।” भाडादर महंगो हुँदा चितवनको पर्यटन व्यवसाय पनि प्रभावित भएको मन्त्री भट्टराईले बताउनुभयो ।
मन्त्री भट्टराईले ७० वर्षमाथिका जेष्ठ नागरिकलाई भाडादरमा ५०प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीहरुले आनाकानी गर्न नहुने बताउनुभयो । उहाँले जेष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व भएको बताउनुभयो ।
आफूले घोषणा गरेको विषयमा विमान कम्पनीहरुले केही टिप्पणी गरेको बताउँदै उहाँले यसलाई स्वागत गर्ने बताउनुभयो । विमान कम्पनीहरुले नै सामाजिक उत्तरदायित्व अन्तर्गत यो घोषणा गर्ने अपेक्षा आफूले गरेको बताउँदै उहाँले धर्म र पापको पनि ख्याल गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “मान्छे कसैसँग नडराए पनि पाप र धर्मसँग डराउनु पर्छ । सबैसँग छलफल गरेर यो निर्णय कार्यान्वयन हुन्छ ।” सन् २०२० को २० लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताउँदै उहाँले विमानस्थलहरुको स्तरउन्नती गरिने बताउनुभयो ।
भरतपुर । पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको विस्तार गरिने बताउनु भएको छ । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस विमानस्थललाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
मन्त्री भट्टराईले यसलाई रात्रीकालिन बनाउने, रनवे थप्ने, टर्मिनल भवनलाई आधुनिक र व्यवसायिक बनाउने बताउनुभयो । भरतपुर विमानस्थललाई काठमाण्डौं बाहिरको वैकल्पिक डोमेस्टिक (आन्तरिक) विमानस्थल बनाउने लक्ष्यका साथ काम हुने उहाँको भनाई थियो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल सहितको सर्वदलीय सर्वपक्षीय बैठक जिल्लामा नै राखेर काम अगाडि बढाउने उहाँले बताउनुभयो । भरतपुर विमानस्थल वरपर बनेका ठूला भवनहरुले हवाई उडानमा अवरोध गरेको छ नि ? भन्ने प्रश्नमा मन्त्री भट्टराईले विमानस्थल विस्तार गर्दा आउने सबै अवरोध हटाईने बताउनुभयो ।
नेपालको हवाई भाडा दर महंगो भएको बताउँदै मन्त्री भट्टराईले विदेशी पर्यटकलाई झनै महंगो भएको बताउनुभयो । उहाँले भन्नुभयो “भाडादर महंगो हुँदा पर्यटन क्षेत्र प्रभावित भएको छ, भाडादर पुनरावलोकन हुन्छ ।” भाडादर महंगो हुँदा चितवनको पर्यटन व्यवसाय पनि प्रभावित भएको मन्त्री भट्टराईले बताउनुभयो ।
मन्त्री भट्टराईले ७० वर्षमाथिका जेष्ठ नागरिकलाई भाडादरमा ५०प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीहरुले आनाकानी गर्न नहुने बताउनुभयो । उहाँले जेष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व भएको बताउनुभयो ।
आफूले घोषणा गरेको विषयमा विमान कम्पनीहरुले केही टिप्पणी गरेको बताउँदै उहाँले यसलाई स्वागत गर्ने बताउनुभयो । विमान कम्पनीहरुले नै सामाजिक उत्तरदायित्व अन्तर्गत यो घोषणा गर्ने अपेक्षा आफूले गरेको बताउँदै उहाँले धर्म र पापको पनि ख्याल गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “मान्छे कसैसँग नडराए पनि पाप र धर्मसँग डराउनु पर्छ । सबैसँग छलफल गरेर यो निर्णय कार्यान्वयन हुन्छ ।”
सन् २०२० को २० लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताउँदै उहाँले विमानस्थलहरुको स्तरउन्नती गरिने बताउनुभयो ।