सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ६० करोड लगानीमा आधुनिक कविलास रिसोर्ट सञ्चालन, यस्ता छन् सुविधाहरु


  •    /२५ श्रावण २०७६, शनिबार १७:३१ 
  • नारायण अधिकारी

    चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ ।

    विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा भरतपुर महानगरपालिका–२९ मा ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ सञ्चालनमा ल्याइएको हो । भरतपुर, गैँडाकोट र देवघाट क्षेत्रको मनोरम दृष्य अवलोकन गर्न सकिने उक्त रिसोर्ट २२ बिघा क्षेत्रफलमा फैलिएको छ ।

    कविलास रिसोर्ट प्रालिका अध्यक्ष इञ्जिनीयर बाबुराम उपाध्यायका अनुसार पर्यटकीय महत्व बोकेको यस जिल्लामा फरक पन दिने गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो । हाल रिसोर्टमा ७५ वटा कोठा रहेका छन् ।

    रिसोर्टको क्षमता विस्तार गर्दै १०० वटा कोठा पुर्याउने लक्ष्य रहेको उपाध्यायले जानकारी दिनुभयो । हाल सञ्चालनमा आइसकेको भए पनि पूर्णरुपमा काम सम्पन्न गर्न रु एक अर्ब लगानी लाग्ने उहाँको भनाइ छ ।

    नारायणगढ–मुग्लिन सडकखण्डबाट १ दशमलव ८ किलोमिटर माथि रहेको रिसोर्ट पुग्न नारायणगढ बजारबाट १२ किलोमिटरको दूरी पार गर्नुपर्दछ । रिसोर्टसम्म जान नारायणगढबाट बससमेत सञ्चालन गरिँदै आएको छ ।

    रिसोर्टमा सात वटा भिल्ला छन् । तिनमा छ जना प्रत्येकमा बस्न सकिने व्यवस्था छ । एक रातमा रिसोर्टमा कोठा र भिल्लामा गरी १६० जनासम्म सजिलोसँग बस्न सकिने उपाध्यायले जानकारी दिनुभयो । तीन वटा बैठक हल रहेका छन् । एउटामा ३०० र बाँकी दुई वटा बैठक हलमा २००/२०० जना अट्ने क्षमताका रहेका छन् ।

    पिकनिक जानेहरूको भिड

    शहरको नजिक रहेका पहाडी भूभागहरूलाई कसरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ भन्ने मोडल देखाउन रिसोर्ट निर्माण गरिएको अध्यक्ष उपाध्यायको भनाई छ । ‘चितवन राष्ट्रिय निकुञ्जका जंगली जनावर हेरेर मात्रै नभई नेपालको पहाडी भूभागको बसोबास र अवस्थितिबारे जानकारी लिनसमेत रिसोर्ट महत्वपूर्ण हुन्छ,’ अध्यक्ष उपाध्यायले भन्नुभयो, ‘आन्तरिक र बाह्य पर्यटकहरुलाई चितवनमा आकर्षित गर्न थप एउटा गन्तब्यका रूपमा कविलास रिसोर्ट पनि रहेको छ ।’

    वार्षिक तीन लाखभन्दा बढी पर्यटकहरू आउने गरेको चितवनमा हाल दैनिक १२ सय जति पर्यटकहरू यो रिसोर्टमा आउने गरेका छन् । चितवन, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्लाबाट पर्यटक आउने गर्दछन् ।

    पिकनिक खानेहरूको भिड रिसोर्टमा लाग्ने गर्दछ । वनभोजका लागि १०० समूहलाई खान मिल्ने गरी व्यवस्थापन गरिएको रिसोर्टका व्यवस्थापक सुलभ ढकालले जानकारी दिनुभयो । पच्चीस वटा वनभोजस्थल निर्माण सम्पन्न भइसकेको र अन्य बन्दै गरेका छन् ।

    अध्यक्ष उपाध्यायका अनुसार सामुन्द्रिक सतहबाट ५५० मिटर उचाइमा रहेको रिसोर्टमा नारायणगढ बजार क्षेत्रकोभन्दा पाँचदेखि सात डिग्रीसम्म तापक्रम फरक पर्ने गर्दछ । गर्मीको समयमा शीतल र जाडोको समयमा बिहानै पारिलो घाम लाग्ने भएकाले बसोबास गर्न आउनेका लागि छुट्टै अनुभूति दिलाउन सकिने ढकालले बताउनुभयो ।

    फनपार्कभित्र पानी र सुक्खा खेल रहेका छन् । बाइक रेस, कम्प्युटर र भिडियो गेम, फुटबल, बुल राइड, फास्ट फुड, ब्रेक डान्स, फ्रिज बी, फेरीस ह्विल, ड्रयागन कोष्टर, बेवी ट्रेन, सन एण्ड मुन, स्ट्रिकिङ कार लगायतका खेलमा बालबालिका तथा उनीहरूका अभिभावक रमाउन सक्ने ढकालको भनाइ छ ।

    पानीको खेलमा परिवारका सबै सदस्य बसेर खेल्न मिल्ने फेमिली स्लाइड, मल्टिपल स्लाइड, सिङ्गल स्लाइड, किड्स स्लाइड रहेका छन् । यस्तै वेभ पुल पनि रहेको छ । रिसोर्टमा प्राङ्गारिक खेती गरिएको छ ।

    स्थानीय जातका कुखुरा, खसी, बाख्रा, हाँस, खरायो, बट्टाई चरा पालिएको छ । तरकारीसमेत प्राङ्गारिक उत्पादन गरेर खुवाउने गरिएको छ । आफ्नै खोर र बारीमा उत्पादितले नपुगेमा स्थानीयको उत्पादन खरिद गर्ने योजना बनाइएको ढकालले बताउनुभयो ।

    के–के छन् रिसोर्टमा ?

    दुईदशकभन्दा बढी समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा लागेका इन्जिनियर बाबुराम उपाध्यायको नेतृत्वमा रिसोर्ट सञ्चालनमा ल्याइएको हो । रिसोर्टमा १०० जना कर्मचारी कार्यरत छन् । पूर्णरुपमा सञ्चालनमा आउँदा यो सङ्ख्या दोब्बर हुने उपाध्यायको भनाइ छ । खानेकुरा सबै त्यहीँ उत्पादित प्राङ्गारिक खुवाइने भएकाले धेरैले रोजगारी पाउने उहाँको भनाइ छ । जिल्लामा राप्ती र नारायणी नदीमा होटल रिसोर्ट भए पनि पहाडमा ठूलो लगानीमा निर्माण गरिएको यो पहिलो रिसोर्ट हो ।

    पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले पहाडमा खुलेका यस्ता रिसोर्टका कारण जिल्लामा भित्रने पर्यटकको सङ्ख्या बढ्ने बताउनुहुन्छ। उहाँले ती क्षेत्रमा हाइकिङ र ट्रेकिङको अनुभूति पर्यटकलाई दिलाउन सकिने भएकाले जिल्लामा पर्यटन प्रवद्र्धनमा रिसोर्ट सहयोगी बन्ने बताउनुभयो।

    केहि महिना अघिबाट सञ्चालनमा आएको रिसोर्टमा विदेशी र स्वदेशी पर्यटकसँगै स्थानीयसमेत आउने गरेका रिसोर्टका व्यवस्थापक सुलभ ढकालले बताउनुभयो । सो क्षेत्रमा अन्य होटल रेष्टुराँ र भुल्ने ठाउँ नभएकाले एकान्तमा तालिम, गोष्ठी गर्न चाहनेको रोजाइमासमेत रिसोर्ट पर्ने गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मदन–आश्रितप्रति दासढुंगामा यसरी व्यक्त गरियो श्रद्धासुमन
    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    • गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.