राष्ट्रिय
काठमाडौँ, २१ असार ।नेपाली सेनाले नेपाल प्रहरीलाई ३०० थान हतियार उपलब्ध गराएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापालाई सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उक्त परिमाणको इन्सास, एसएलआरलगायतका हतियार र सोको गोली एवं आवश्यक पार्टपुर्जा हस्तान्तरण गर्नुुभएको...
काठमाडौँ, २१ असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस शुरु गर्नुभएको छ । सभामुखका तर्फबाट बहस सकिएपछि आइतबारदेखि रिट निवेदनका तर्फबाट जवाफी बहस शुरु भएको थियो । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहससमेत गरिसक्नुभएको छ ।...
काठमाडौँ,२१ असार । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य गत आइतबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९१ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३२५ नै कायम भएको...
जनकपुरधाम,२१ असार । सर्लाहीमा भातीय मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । बलरा नगरपालिका-७ डुमरिया चोकस्थित बरहथवा-मधुवनी सडक खण्डमा मधुवनीबाट बरहथवातर्फ जाँदै गरेको बीआर ३०एच०४३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय कल्याण मण्डलका ८ वर्षीय छोरा राजा मण्डलको मृत्यु...
फुङ्लिङ, २१ असार । ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान शुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो । आज काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण...
चितवन, २१ असार । मृत भेटिएकी राप्ती नगरपालिकाकी सुजिता भण्डारीको हत्यारा पत्ता लगाउनुपर्ने मागसहित परिवार, आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले घटनाको निष्पक्ष छानविनको माग गर्दै प्रदर्शन गरेका हुन् । असार ११ देखि सम्पर्कविहीन भएकी २३...
धनगढी,२१ असार । धनगढीमा चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१३ का सोमराज जोशी र धनगढी-५ का करन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक...
काठमाडौं, २१ असार । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ जना सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज बेलुका ५ बजे सकिँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा असार १८ गते...
बलेवा, २१ असार । पर्यटकीयस्थलको प्रचारप्रसार र आर्थिक गतिविधि सञ्चालनमा सहयोग गर्न बागलुङको ढोरपाटन नगरपालिकाले मिडिया मिसन शुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि ढोरपाटन नगरपालिका क्षेत्रमा रहेका सञ्चारमाध्यमको सहायता लिएर पर्यटकीय क्षेत्रको प्रचार थालिने भएको हो । पर्यटकीय...
काठमाडौं,२१ असार । सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणाको प्रस्ताव झण्डै एक दशक विभिन्न मन्त्रालयमा घुमिरहृयो । सो प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिदिने मन्त्रालयसम्म भेटिएन । जसका कारण उक्त प्रस्तावले सिंहदरबारमै एक चक्कर लगायो । पछिल्लोपटक भने गृह मन्त्रालयमार्फत् सो...















