सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वर्षामापन र जल सतह मापनकर्तालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण


  •    न्युजभित्तो/२५ असार २०७८, शुक्रबार १०:०६ 
  • कञ्चनपुर, २५ असार । मनसुनजन्य विपद्को पूर्वतयारीका लागि कञ्चनपुरका वर्षा मापन अवलोकनकर्ता र जल सतह मापनकर्तालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले सञ्चालन गरेको एमरेड परियोजनाको सहयोगमा ३४ जना वर्षा मापन र जल सतह मापनकर्तालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको हो ।

    रेडक्रसका जिल्ला सभापति टेकराज उप्रेती र महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख गोविन्द झाले संयुक्तरूपमा व्यक्तिगत सुरक्षा सामग्रीका रूपमा हाते टर्च, गमबुट, हेड टर्च, छाता वितरण गर्नुभएको हो । व्यक्तिगत सुरक्षा सामग्रीसँगै वर्षा मापन र जल सतह मापनकर्तालाई रु एक हजारको रिचार्ज कार्डसमेत उपलब्ध गराइएको छ । मनसुनजन्य विपद्का बेला नदीको बहावको अवस्था र वर्षाबारे जिल्ला आपत्कालीन केन्द्रमा सूचना प्रवाह गर्नका लागि सहज होस् भनेर रिचार्ज कार्ड उपलब्ध गराइएको परियोजनाका संयोजक महेश घिमिरेले बताउनुभयो ।

    उहाँका अनुसार सम्भावित जोखिमबाट जोगाउनका लागि वर्षा मापन र जल सतह मापनकर्ताका लागि बीमासमेत गरिएको छ । एशियन लाइफ इन्स्योरेन्ससँगको साझेदारीमा परियोजनाअन्तर्गत ३४ जनाको रु तीन लाखको दुर्घटना बीमा गरिएको छ । पूर्वसूचना प्रणाली विकासका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र ९डिओसी०को समन्वयमा बाढी पूर्वतयारीका लागि नदी तथा वर्षा मापनकर्ताको फोन नम्बर ९मोबाइल नम्बर० पुनरावलोकन गर्ने कार्यसमेत सम्पन्न गरिएको छ ।

    मछेली नदीको उद्गमस्थान गोदावरी कोल्मोडा सत्यासमा नदी मापक टेलिमेट्रिक रडार सिस्टम जडान गर्ने कार्यलाई समेत अगाडि बढाइएको छ । मछेली नदीको सतहको अवस्था थाहा पाउन दुई ठाउँमा डिस्प्ले बोर्ड राख्ने योजनाअनुरूप काम भइरहेको परियोजनाका संयोजक घिमिरेले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार कञ्चनपुरमा मनसुनजन्य विपद्बाट ११ हजार ८२५ घरघुरीका ६५ हजार ३५ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ ।

    शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइँदै

    शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान र विद्यालयका समायोजनको प्रक्रिया अगाडि बढाइएको छ । सो कार्यका लागि उपसमिति ९कार्यदल० गठन गरी कार्य अगाडि बढाइएको हो । शिक्षा विभागद्वारा जारी गरिएको कार्यविधि, निर्देशिका र परिपत्रका आधारमा शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनको कार्यलाई अगाडि बढाइएको नगर शिक्षा समितिका सदस्य लोकेन्द्र ऐरीले बताउनुभयो ।

    शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनका लागि गठित उपसमितिले नगरप्रमुख दिलबहादुर ऐरलाई प्रतिवेदन बुझाएको छ । बुझाइएको प्रतिवेदनका आधारमा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानको कार्यलाई अगाडि बढाइने तयारी भइरहेको उहाँले बताउनुभयो । “शिक्षक दरबन्दी मिलानको आधार विद्यार्थी सङ्ख्यालाई लिएका छौँ”, उहाँले भन्नुभयो, “प्रतिकक्षामा न्यूनतम ५० विद्यार्थी हुनुपर्ने प्रावधान राखिएको छ ।” विद्यार्थी सङ्ख्याकै आधारमा शिक्षक दरबन्दी मिलानको कार्यलाई समेत अगाडि बढाइने उहाँको भनाइ छ ।

    “कुनै विद्यालयमा थोरै शिक्षक धेरै विद्यार्थी र कुनैमा थोरै विद्यार्थी धेरै शिक्षक कार्यरत रहेको उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको अनुपातमै शिक्षक दरबन्दी मिलान हुन्छ ।” उहाँका अनुसार विद्यालयमा विद्यार्थी सङ्ख्या थोरै रहेका र नजिकै अर्को सामुदायिक विद्यालय रहेको अवस्थामा थोरै विद्यार्थी रहेका विद्यालयलाई समायोजन गरिने छ । विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानका लागि कार्यविधि र अन्य मापदण्ड निर्धारण गर्ने कार्यलाई समेत अगाडि बढाइएको छ ।

    शिक्षालाई गुणस्तरयुक्त र विद्यालयलाई भौतिक पूर्वाधारयुक्त बनाउनका लागि यस कार्यले सघाउ पु¥याउने नगरप्रमुख ऐरले बताउनुभयो । नगरपालिकामा ३२ सामुदायिक विद्यालय छन् । आधारभूत तहमा अध्ययन हुने १९ र माध्यमिक तहमा अध्ययन हुने १३ विद्यालय छन् । बालविकास केन्द्र ६५ वटा रहेका छन् । आधारभूत तहमा स्वीकृत दरबन्दी ८९ र माध्यमिक तहमा आठ रहेका छन् । यसैगरी राहत कोटा आधारभूत तहमा ७५ र माध्यमिक तहमा १६ रहेका छन् । निजी स्रोतमा कार्यरत शिक्षकको सङ्ख्या भने ८८ रहेको छ । चालु शैक्षिक सत्रमा आधारभूत तहदेखि माध्यमिक तहसम्ममा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या भने १६ हजार १७ रहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.