राष्ट्रिय
काठमाडौँ, ३१ असार । मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त वायुको प्रभावले बिहीबार र शुक्रबार देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना...
चितवन, ३१ असार । जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित मध्ये छ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ८९ जनामा पिसिआर तथा ३० जनामा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको...
काठमाडौं,३१ असार । सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो । मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक (अधिवेशन) बोलाउन सिफारिस गर्ने तयारी गरेको स्रोतले जानकारी दियो । यसअघि सर्वोच्च अदालतले...
काठमाडौँ, ३१ असार । नेपालको मालवस्तुको निर्यात रु एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२...
काठमाडौं,३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले भेटेरै बधाई दिएका छन् । देउवाले प्रधानमन्त्री पदको शपथ लिएकै दिन सामाजिक सन्जाल ट्वीटरमार्फत् बधाई दिएका राजदूत बेरीले बिहीबार देउवालाई भेटेका हुन् । देउवालाई भेट्न राजदूत बेरी बिहीबार बुढानीलकण्ठस्थित...
काठमाडौँ, ३१ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न आग्रह गरेको हो...
मङ्गलबारे, ३१ असार । मोटरसाइकल दुर्घटनामा परी इलाममा एक वडासदस्यको मृत्यु भएको छ । बुधबार साँझ दुर्घटनामा पर्नुभएका ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो । इलाम माङसेबुङ गाउँपालिका–४ मार्चेबुङका सदस्य राई दमक रवि सडकखण्डमा दुर्घटनामा पर्नुभएको हो...
झापा, ३१ असार । गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरबास (होमस्टे) बनाएको छ । प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले रु एक करोड २० लाखको लागतमा कृषि पर्यटन प्रवद्र्धनका...
बझाङ, ३१ असार । बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख मङ्गलबार...
भजनी, ३१ असार । टीकापुर नगरपालिका–७ की सीता चौधरीले छोरालाई पढाइ शिविरमा पढाउन थाल्नुभएको धेरै भएको छैन । छोराले अध्ययनमा भन्दा साथीसँग बढी घुलमिल हुने र पढाइमा ध्यान दिन छाडेपछि उहाँलाई निकै चिन्ता हुन्थ्यो । उहाँको त्यो चिन्ता धेरै दिन...













