भीम रावलले दिए सांसद पदबाट राजीनामा न्युजभित्तो/३ श्रावण २०७८, आईतवार १६:१९ काठमाडौं ३ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन्। म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा दर्ता गर्न आएको छु, सिंहदरबारस्थित संसद सचिवालयबाट रावलले भने, म राजीनामा दिन्छु। रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए। शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उनले पदबाटै राजीनामा दिएका हुन्। उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए। तपाईको प्रतिक्रिया ताजा अपडेट बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
काठमाडौं ३ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्।
२०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन्।
म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा दर्ता गर्न आएको छु, सिंहदरबारस्थित संसद सचिवालयबाट रावलले भने, म राजीनामा दिन्छु।
रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए।
शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उनले पदबाटै राजीनामा दिएका हुन्। उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए।