राष्ट्रिय

एक महिनामा दोस्रो पटक बढ्यो तेलको मूल्य, स्वदेशमा आपूर्ति घटाएर भारत निर्यात
-न्युजभित्तो

मकवानपुर,२७ भदौ । बागमती प्रदेशका २३ प्रतिशत व्यक्तिहरुले कोरोना विरुद्धको दुवै मात्रा लगाएका छन् । प्रदेशको १३ जिल्लाका विभिन्न खोप केन्द्रहरूबाट १८ वर्षमाथिका कुल जनसख्या मध्ये २३ प्रतिशत अर्थात् १८ लाख ६५ हजार ३ सय ८७ जनाले कोरोना विरुद्धको...

एक महिनामा दोस्रो पटक बढ्यो तेलको मूल्य, स्वदेशमा आपूर्ति घटाएर भारत निर्यात
-न्युजभित्तो

काठमाडौं,२७ भदौ । गत साउन २३ देखि भदौ २१ गतेको बीचमा नेपाली बजारमा खाने तेलको मूल्य अस्वाभाविक रुपले वृद्धि भएको छ । जेठ अन्तिमतिर कार्टुनमा केही सयले घटाइएको तेलको मूल्य झण्डै १० दिन बीचमा प्रतिलिटरमा १० देखि ३५ रुपैयाँसम्मले...

सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा
-न्युजभित्तो

काठमाडौँ, २७ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषद्को विस्तार र सत्तापक्षको आगामी रणनीतिका बारेमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेता बस्नुभएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवा नेतृत्वको...

बैतडीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे
-न्युजभित्तो

बैतडी, २७ भदौ । यहाँका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालमा हाल...

संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक
-न्युजभित्तो

विराटनगर,२७ भदौ । संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो ।...

घट्यो सुनचाँदीको मूल्य
-न्युजभित्तो

काठमाडौँ,२७ भदौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन आइतबार प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा कारोबार...

चितवनमा कोरोना सङ्क्रमित घट्दो क्रममा
-न्युजभित्तो

चितवन, २७ भदौ । साउन महिना लागेसँगै उच्च बनेको कोरोना सङ्क्रमणदर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । गत साउनमा दैनिक २०० हाराहारीमा सङ्क्रमण रहेकामा यही भदौ लागेसँगै...

थारु समुदायमा अटवारी पर्ब मनाईदै
-न्युजभित्तो

काठमाडौं,२७ भदौ ।  थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन् । भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् । महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक कुलबिर चौधरीका अनुसार अटवारी पर्व थारु समुदायको माघी र दसैं...

चार महिना देखि वन्द रहेका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने
-न्युजभित्तो

बागमती,२७ भदौ । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमाा आउन लागेका हुन् । स्वास्थ्य मापदण्डलाई...

भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा (एकीकृत समाजवादी) गठन
-न्युजभित्तो

भक्तपुर, २७ भदौ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । नेता बस्नेत...