सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयम् सेवा’


  •    न्युजभित्तो/३० भाद्र २०७८, बुधबार १३:२० 
  • काठमाडौँ, ३० भदौ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयम् सेवा’ भन्ने नाराका साथ दैलेख सफाइ अभियान सुरुआत भएको छ ।
    पूर्वमन्त्री कुन्तीकुमारी शाहीले मंगलबार अभियानको शुभारम्भ गर्दै वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट दैलेख सफाइ अभियान सुरु गरिएको बताउनुभयो । कार्यक्रममा दैलेख नगरपालिका उपप्रमुख सावित्री मल्ल, दैलेखी सेवा समाजका उपाध्यक्ष मीना थापा, एभरेस्ट क्लब दैलेखका अध्यक्ष दीपक शाही लगायतले सफाइको नेतृत्व गर्नुभएको थियो ।
    सफाइ अभियानले हरेक पसलमा अनिवार्य डस्टबिन राख्न र जथाभावी फोहर नफाल्न अपिल गर्दै जनचेतना जगाएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइ अभियानलाई अब साप्ताहिक रुपमा निरन्तरता दिइने भएको छ ।
    अभियानका लागि नगरपालिकाले ट्र्याक्टरसहित कर्मचारी पठाएर सहयोग गरेको थियो । दैलेख बजार क्षेत्रमा गुट्खा खाएर जथाभावी फाल्दा बजारका सडक गल्ली दुर्गन्धित भएकामा सफाइपछि चिटिक्क भएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएपछि देशव्यापी रुपमा सफाइ जागरण फैलिएको छ ।
    वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा २५ र उपत्यकाबाहिर १०७ स्थानमा सफाइ अभियान सुरु भइसकेको छ । देशव्यापी रुपमा सफाइ जागरण फैलिएको भनिए पनि राजधानीकै फोहर उठ्न नसकेर दुर्गन्ध फैलिएको छ । सफाइ अभियानमा स्थानीय सरकारले सहयोग नगरेको अभियानकर्मीको गुनासो छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.