सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुल निर्माण अलपत्रः स्थानीयवासी आक्रोशित


  •    न्युजभित्तो/३० भाद्र २०७८, बुधबार १३:१४ 
  • बलेवा, ३० भदौ । पर्वतको फलेवास र बागलुङको कुश्मीशेरा जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र परेको छ ।

    पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जाहुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्ने यो पुलको निर्माण सात वर्षअघि सुरु भएको थियो ।

    यो पुलको निर्माण सम्पन्न भएपछि मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आवतजावत गर्ने यात्रुलाई सास्ती खेप्नुपर्दैन । २०७१ सालमा पुलको चर्चा चलेपछि संविधानसभाका सदस्य विकास लम्सालले पुल द्रुतगतिबाट बन्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । पुलको प्रारम्भिक अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेदेखिलागत इस्टिमेट तयार गर्नेसम्मका काम एक वर्षमै सकिए । सडक बोर्डले ठेक्का आह्वान गर्ने बेलासम्मका काम द्रुतमार्गमा नै सम्पन्न भए ।

    सो पुल निर्माणका लागि विसं २०७२ को अन्त्यतिर बोलपत्र आह्वान भयो । न्यूनतम र आधारभूत मूल्यमा काम गर्न तयार भएको बोलपत्र पेश गरेका तीन कम्पनीले पुल निर्माणको जिम्मेवारी पाए । विसं २०७३ असोज ९ गते रसुवा÷श्री गीता÷फेवा जेभीले सडक डिभिजन कार्यालयसँग पुल निर्माणको सम्झौता गरियो । पुल निर्माणको आवश्यक प्रक्रिया द्रुतगतिमा तयार भएपनि पाँच वर्षसम्म निर्माणाधीन आवस्थामा नै छ । जैमिनीघाटमा निर्माणाधीन पुलको काम थालेको पाँच वर्ष वितिसक्दासमेत ३५ प्रतिशत काम मात्रै भएको सडक डिभिजन कार्यालय बागलुङको तथ्याङ्क छ ।

    ‘‘पुल छिटो बनाउने भनेर प्रारम्भिक काम छिटो गर्न लगायौं, तर समस्या देखाएर पुल बनिरहेको छैन’’ गण्डकी प्रदेशका पूर्वमन्त्री विकास लम्सालले भन्नुभयो, “बीचमा आएका समस्या सहजीकरण गरियो ।’’ पुलको बागलुङ र पर्वत दुबैतर्फ पिल्लर बनाउने काम मात्रै सकिएको छ । पिलरका लागि आवश्यक संरचना निर्माण र पुलको सुरक्षाका लागि लगाइने पर्खालको समेत केही काम भएको निर्माण व्यवसायी कम्पनीका प्रतिनिधि विष्णु कोइरालाले बताउनुभयो ।

    पटकपटक म्याद थप गरेर पुल निर्माणका लागि निर्माण व्यवसायीलाई प्रोत्साहित गरेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । पुलको इस्टिमेट नै परिवर्तन गर्नुपरेकाले निर्माण व्यवसायीले समयमा काम गर्न नपाएको सडक डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख मुकुन्दप्रसाद लामिछानेले बताउनुभयो । ‘‘पहिले नर्मल फाउण्डेसनको इस्टिमेट थियो, पछि पाइल फाउण्डेसन गर्ने भनेर परिवर्तन गर्दा एक वर्ष फाइल अल्झियो’’, उहाँले भन्नुभयो, ‘‘पाइल फाउण्डेसनका लागि आवश्यक मेसिन पु¥याउन बाटोको अभाव भएका कारण लामो समय काम भएन्, निर्माण व्यवसायी सम्झौता तोड्ने मानसिकतामा थिए, हामीले प्रोत्साहित गरेर काम गर्न लगाएका छौं ।’’ असजिलो काम सकिएकाले अब भने पुल बन्ने आशा पलाएको प्रमुख लामिछानेले बताउनुभयो ।

    रु १३ करोड १२ लाख ४९ हजार ३६४ मा लागतमा तीस महिनामा सक्नेगरी पुल निर्माणको सम्झौता भएको थियो । ‘‘पहिले पाइल फाउण्डेसन निर्माणका लागि मेसिन त्यहाँ पु¥याउन सकेनौं, मेनुअल फाउण्डेसन पटकपटक भत्कियो’’, निर्माण व्यवसायी कोइरालाले भन्नुभयो, ‘‘पछि लकडाउनमा प्रशासनले काम गर्न दिएन, कामदार पठाएपछि कसरी काम होस् ।’’ कोइरालाले आउँदो असारसम्म पुलको बाँकी काम सकिने बताउनुभयो । अब समस्या नरहेकाले वर्षा रोकिएपछि धमाधम काम गर्ने उहाँको भनाइ छ ।

    समयमा पुल नबनेका कारण भदौ १७ देखि एक साता मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध हुँदा बागलुङवासीले वैकल्पिक मार्गको प्रयोग गर्न पाएका थिएनन् । कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउने काम गर्ने स्थानीयवासी बताउँछन् । पुल नबनेपछि स्थानीयवासी र सरोकारवाला निकै आक्रोशित छन् । गण्डकी प्रदेश मुकाम पोखराबाट स्याङ्जाहुँदै पर्वत र बागलुङको जैमिनी नगरपालिकाहुँदै गलकोट जोड्ने रणनीतिक सडकको मुख्य पक्की पुल हो, यो । ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भइरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा समेत प्रभाव राख्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.