राष्ट्रिय
काठमाडौँ, २८ भदौ । देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको...
पाँचथर, २८ भदौ । पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म रु ३९ करोड बढी बजेट खर्च भएको छ । नयाँ सहर निर्माणका लागि आवश्यक भनी यकिन गरिएका पूर्वाधार निर्माण गर्न...
नारायण अधिकारी चितवन, २८ भदौ । बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई विकास निर्माणमा परिचालन गरिने भएको छ । उनीहरुलाई पर्यटकीय प्रवद्र्धन गर्ने संरचना निर्माणमा लगाइने भएको हो । प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम र पर्यटन बोर्डको सहयोगमा सौराहाको राप्ती किनारमा रहेको सौराहा...
चितवन,२७ भदौं । जिल्ला प्रशासन कार्यालय चितवनले उत्कृष्ट अर्थात् ‘ए ग्रेड’ स्थान ल्याउन सफल भएको छ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-७८ को कार्यसम्पादन मूल्याङ्कनको नतिजामा चितवन प्रशासनले उत्कृष्ट अर्थात् ‘ए ग्रेड’ ल्याएको छ । ‘ए ग्रेड’...
काठमाडौं,२७ भदौं । पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूह पक्राउ परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बम राख्ने समूहका सदस्यलाई पक्राउ गरेको हो। उनीहरुले नक्कली बम राखेर फिरौती मागेको पाइएको परिसरका एसएसपी अशोक सिंहले बताए।...
ओखलढुङ्गा, २८ भदौ । यहाँ टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हँुदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । मृतक...
काठमाडौँ, २७ भदौ । ‘सामान्य अवस्था वा कोभिड महामारी ः बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ यही भदौ २९ गते ५७औँ राष्ट्रिय बाल दिवस मनाउने तयारी गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार...
भदौ,२७ धनगढी । कञ्चनपुरमा तीज कार्यक्रम भइरहेको बेला दुई समूहबीच झडप हुँदा ७ जना घाइते भएका छन् । शनिबार राति ८ बजेको समयमा कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा तीज कार्यक्रममा झडप भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको अवस्था...
काठमाडौं , २७ भदौ । प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ । बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । ...
काठमाडौँ, २७ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न र न्यूतनम् साझा समझदारी बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै बैठक अवरोध गर्नुभएको...














