सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्रोत नखुलेको साढे ३८ लाखसहित वीरगञ्जमा २ जना पक्राउ


  •    न्युजभित्तो/३१ भाद्र २०७८, बिहीबार १२:२५ 
  • वीरगञ्ज,३१ भदौ । वीरगञ्ज माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छापा हानेको छ । वीरगञ्ज-६ माइस्थान चोक अगाडि कन्हैयाप्रसाद सोनारले घरमा संचालन भएको सुन पसलमा प्रहरीले छापा हानेको हो ।

    अवैध वित्तीय (हुण्डी) कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली छापा हानेको हो ।

    बुधबार पसलमा खानतलासी गर्दा स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ नगद बरामद गरेको छ । केन्ऽका सञ्चालक कन्हैयाप्रसाद सोनार र बारा परवानीपुर-३ बस्ने दिपककुमार सर्राफलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।

    पक्राउ परेका दुवै जनाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    २०७६ असारमा पनि प्रहरीले सोही पसलमा छापामारी गरेर ८ जनालाई पक्राउ गरेको थियो । त्यसबखत स्रोत नखुलेको नगद ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ किलो ९० ग्राम चाँदी बरामद गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.