सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमतीमा १८ लाखले लगाए कोरोना खोप


  •    न्युजभित्तो/३१ भाद्र २०७८, बिहीबार १२:३३ 
  • बागमती,३१ भदौ । बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ।

    प्रदेशमा तीन लाख ४७ हजार १०१ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २०४ ले भेरोसेल तथा तीन लाख ४७ हजार ४१४ ले जोनसन एण्ड जोनसन खोप लगाएको जानकारी दिइएको छ।

    प्रदेशमा १८ वर्षभन्दा माथिका ३२ लाख ७८ हजार १७७ ले कोरोनाविरुद्ध हालसम्म खोप लगाउन सकेका छैनन्।

    बागमती प्रदेशमा २५ लाख ३८ हजार २२५ को कोरोना सङ्क्रमण परीक्षण गर्दा चार लाख २५ हजार ७९२ अर्थात् १६.७७ प्रतिशत व्यक्तिमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले बताए।

    तीमध्ये हालसम्म चार लाख १० हजार २६८ अर्थात् ९६.३५ प्रतिशत कोरोना सङ्क्रमण मुक्त भएको बताइएको छ।

    प्रदेशमा कोरोनाको सङ्क्रमणबाट चार हजार ३७२ को मृत्यु भएको जनाइएको छ। प्राप्त विवरणअनुसार मकवानपुर जिल्लामा १० हजार ५९ जनाले कोभिसिल्ड, १४ हजार ३०० ले भेरोसेल र पाँच हजार ९२३ ले जोनसन एण्ड जोनसनको खोप लगाएका छन्।

    काठमाडौँमा एक लाख ३९ हजार ५१ ले कोभिसिल्ड, पाँच लाख ९८ हजार ५७७ ले भेरोसेल र एक लाख ५६ हजार २५ ले जोनसन खोप लगाएका छन्।

    त्यसैगरी ललितपुरमा दुई लाख २२ हजार २३३, भक्तपुरमा एक लाख ६५ हजार ८९६, नुवाकोटमा ५६ हजार ५३३, धादिङमा ५२ हजार ६२७ चितवनमा एक लाख ५१ हजार १९३ सिन्धुलीमा ३१ हजार ५०३, रामेछापमा ७१ हजार ३५६, दोलखामा ३२ हजार ३२५ काभ्रेमा एक लाख दुई हजार १०० तथा सिन्धुपाल्चोक जिल्लामा ४९ हजार ६८३ ले खोप लगाएको मन्त्रालयले जनाएको छ। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.