सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोरङमा कार दुर्घटना हुदाँ एक जनाको मृत्यु, तीन घाइते


  •    न्युजभित्तो/३१ भाद्र २०७८, बिहीबार १३:०१ 
  • विराटनगर,३१ भदौ । मोरङको बूढीगंगा गाउँपालिकामा भएको कार दुर्घटनामा परेर बिहीबार बिहान एक जनाको मृत्यु भएको छ। बा ११ च १५७१ नम्बरको कार दुर्घटना हुँदा बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेकी बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार दुर्घटनामा परेर बिहान ११स्३० बजेतिर गम्भीर घाइते भएकी चन्द्रकलाको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो।
    दुर्घटनामा परेर कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ५५ वर्षीया सानी धिमाल र ४३ वर्षीया गीता लिम्बू घाइते भएको श्रेष्ठले बताए। चालकको अवस्था सामान्य छ। घाइतेहरुको विराटमै उपचार भइरहेको छ।

    मृतक चन्द्रकला र घाइते सानी मुटु सम्बन्धी पुरानै समस्या रहेकी छिमेकी गीता लिम्बूलाई कारमा लिएर उपचारका लागि विराटनगर आउँदै गरेको पाइएको प्रहरीले जनाएको छ। सडकमा गुडिरहेको कार आफैँ अनियन्त्रित भएर कोसी लोकमार्गअन्तर्गत बूढीगंगा–३ स्थित पायनीयर उद्योग अगाडि बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
    दुर्घटनामा परेर कार पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.