सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल प्रवेश गर्न पाएनन् ‘द भ्वाइस अफ नेपाल’ विजेता किरणले


  •    न्युजभित्तो/१३ आश्विन २०७८, बुधबार १६:४९ 
  • काठमाडौं,१३ असोज । ‘द भ्वाइस अफ नेपाल(३’ का विजेता किरण गजमेरलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाटै अमेरिका फिर्ता पठाएको छ । गजमेर ११ असोजमा कतार एअरको क्युआर ६५० नम्बरको विमानबाट त्रिभुवन विमानलस्थल ओर्लिएका थिए । उनलाई सोही दिन ‘डिपोर्ट’ गरिएको हो ।

    अमेरिकी नागरिक गजमेरले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले उनलाई अमेरिका फिर्ता पठाइएको अध्यागमन विभागले जनाएको छ । नेपालको अध्यागमन कानुनअनुसार अमेरिकी नागरिकले एकपटकको प्रवेशमा जम्मा एक सय ८० दिन मात्रै नेपालमा बस्न पाउँछन् । गजमेरले सन् २०२१ मा सो अवधि बिताइसकेकाले उनी अब अझै तीन महिना नेपाल प्रवेश गर्न पाउने छैनन् ।

    भुटानी शरणार्थीका रूपमा झापाको शरणार्थी शिविरमा बस्दै आएका गजमेरलाई संयुक्त राष्ट्रसंघले तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत सन् २०११ मा अमेरिका लगेको थियो । परिवारसहित अमेरिका बस्दै आएका गायक गजमेरले अमेरिकी भिसा प्रयोग गर्दै आइरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.