सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल शीर्ष स्थानमा


  •    न्युजभित्तो/१४ आश्विन २०७८, बिहीबार ११:२८ 
  • कास्की, १४ असोज । पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा घरेलु टोलीले आफ्नो शीर्षस्थानलाई कायमै राखेको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असोज २ गतेदेखि पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दे क्यासल शीर्ष स्थानमा यथावत रहन सफल भएको हो ।

    क्यासललाई जित दिलाउने क्रममा खिमराज गुरुङले दुई तथा विजय गुरुङ, विशोन गुरुङ र किशोर गुरुङले समान एक÷एक गोल गर्नुभयो । लिगका छ खेल खेलेको क्यासलको १६ अङ्क छ । हालसम्म अङ्क जोड्न नसकेको झरना लिग तालिकाको पुछारमा छ ।

    यसैगरी पहिलो खेलमा शङ्खमूल फुटसल लुम्बिनी फुटसललाई ३–२ गोलले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शङ्खमूलका छ खेलबाट १४ अङ्क छन् । शंखमुलको जितमा विवेक पण्डित, कृजल खड्का, सागर तेन्जेले गोल गर्नुभयो । लुम्बिनीका रुपेन बराइली र रेफ्री महर्जनले गोल गरे पनि टोलीलाई विजयी गराउन सक्नुभएन । लुम्बिनीका छ खेलबाट चार अङ्क रहेका छन् ।

    बुधबारको अन्तिम खेलमा मछिन्द्र स्काइ गोल्स प्रभातफेरी युथ क्लबलाई ४–३ गोलले हराउँदै तालिकाको छैटौँ स्थानमा यथावत रहन सफल भयो । प्रभातफेरी तालिकाको आठौँ स्थानमा छ । यस्तै ढुकु फुटसल हब सातौँ स्थानमा रहेको छ भने लुम्बिनी फुटसल नवौँ स्थानमा छ । लिगमा देशका सात प्रदेशबाट गरी १० टोलीको सहभागिता छ ।

    असोज २२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.