सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना संक्रमण पुष्टि


  •    न्युजभित्तो/१३ आश्विन २०७८, बुधबार १७:०३ 
  • काठमाडौं,१३ असोज । पछिल्लो २४ घण्टामा देशभर एक हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ५४१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार  १५७ जनामा संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५२ जनाको पिअिसार परीक्षण गर्दा ८९२ र तीन हजार ८८९ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो।

    आज देशभर एक हजार ११३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ।

    देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १६ हजार ८७८ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ३१५ संक्रमित छन् भने  ३५४ जना आइसियुमा र ९९ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर  दुई लाख ८६ हजार १४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.