राष्ट्रिय
तम्घास, ६ असोज । गुल्मीमा पहिराले घर पुिरँदा तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उहाँकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
चितवन,६ असोज । जिल्लाको इतिहास, वर्तमान र परिकल्पना समेटिएको पुस्तक ‘चितवन दर्पण’ प्रकाशन गरिएको छ । जिल्ला समन्वय समितिले प्रकाशन गरेको पुस्तकको मङ्गलबार पाँचौँ जिल्लासभामा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विमोचन गर्नुभयो । पुस्तकका लागि यहाँका सात पालिका समेटेर पाँच...
– पूर्णप्रसाद मिश्र काठमाडौँ, ६ असोज । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको...
चितवनः इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम...
काठमाडौँ, ५ असोज । सर्वोच्च अदालतले नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइपछि फाइल झिकाउने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुँडालको संयुक्त इजलासले आज अन्तरिम आदेश गर्ने...
काठमाडौं,५ असोज । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै कुलमानलाई काम गर्ने बाटो खुलेको छ । सरकारले २७ साउनमा हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी...
काठमाडौं, ५ असोज । अब विद्यार्थी विद्यालयमा नै उद्यमशील बन्ने भएका छन् । पढाइको बाबजुद उनीहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न राष्ट्रिय युवा परिषद्ले विद्यालयमा ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन गर्न थालेको छ । पढाइपछि बचेको समयमा विद्यालयमा नै माछापालन,...
लुम्बिनी, ५ असोज । कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड÷एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी ४६ किसानलाई कार्ड वितरण गरेको हो । बैंकले जिल्लाको मायादेवी गाउँपालिका–६ स्थित बेलामाई...
चितवन, ५ असोज । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका मातहतमा रहेका अस्पतालाई प्रभावकारी सेवा दिन आग्रह गर्नुभएको छ । पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा आज आयोजित पिसिआर ल्याब र अक्सिजन प्लान्टको शुभारम्भ गर्दै उहाँले अस्पताललई थप श्रोत साधन...
काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताउनुभएको छ । कांग्रेसले तीनै तहको निर्वाचन जित्न पार्टीको आगामी १४औँ महाधिवेशनको ठूलो भूमिका रहने उहाँले उल्लेख गर्नुभयो । कांग्रेसद्वारा आयोजित...









