राजनीति
काठमाडौं,१७ माघ । राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिएका हुन्। बालुवाटार स्रोतकाअनुसार सभापति लामिछानेले आफूहरू सरकार...
काठमाडौँ,१७ माघ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको चेतावनीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अप्ठ्यारोमा परेका छन् । सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि रिक्त रहेको गृह मन्त्रालय दाहाल आफैंले...
भरतपुर,१६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताउनुभएको छ । भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै...
काठमाडौँ,१६ माघ। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्री को बन्छ भन्ने पत्रकारको प्रश्नको उत्तर दिंदै बनेपछि मात्र थाहा हुने घुमाउरो जवाफ दिएका छन् । माओवादी केन्द्रको पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा...
काठमाडौँ,१६ माघ। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले...
चितवन,१६ माघ । भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले भरतपुर महानगरमा भ्रष्टाचारको भाइरस फैलिएको भन्दै एन्टिभाइरस चाहिएको बताएका छन् । भ्रष्टाचार विरुद्ध अभियान नेपाल चितवनले भरतपुर महानगरपालिकाको समन्वय तथा सहयोगमा भ्रष्टाचार विरुद्ध सहयोगी समूहहरुबीच कार्य प्रगति समीक्षा एवम् भावी कार्यक्रम तर्जुमा...
काठमाडौँ, १६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गर्नुभएको छ । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइदैछ । सोही क्रममा प्रधानमन्त्री दाहालले स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान...
काठमाडौँ,१६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकसम्बन्धी विषयमा आज सोमबार सरोकारवाला पक्षसँग छलफल गर्दैछन् । प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार सूचना वर्गीकरण समितिले कुन सूचना दिने र कुन नदिने भन्ने सम्बन्धमा गरेको निर्णयका सम्बन्धमा सरोकारवाला पक्षले ध्यानाकर्षण...
काठमाडौं,१५ माघ । अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुमगन मूल्यांकन सूचक उल्लेख भएको अर्थमन्त्रालयले जनाएको छ । कार्ययोजनामा नीति तथा...
काठमाडौँ, १५ माघ। रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुन: नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । अनागरिक भएका लामिछाने आज नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए । उनले नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय...











