सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्रीबारे प्रधानमन्त्री प्रचण्ड भन्छन् – बनेपछि थाहा हुन्छ


  •    न्युजभित्तो/१६ माघ २०७९, सोमबार १६:४० 
  • काठमाडौँ,१६ माघ। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्री को बन्छ भन्ने पत्रकारको प्रश्नको उत्तर दिंदै बनेपछि मात्र थाहा हुने घुमाउरो जवाफ दिएका छन् ।

    माओवादी केन्द्रको पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पदाधिकारी बैठक सकिएपछि बाहिरिंदै गर्दा प्रधानमन्त्री प्रचण्डले नयाँ गृहमन्त्री कसलाई बनाउने भन्ने बारेमा अझै निर्णयमा पुगिनसकेको संकेत गरेका हुन् ।

    संचारकर्मीले गृहमन्त्री कसलाई बनाउनु हुन्छ प्रधानमन्त्रीज्यू ? भनेर सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘अब बनेपछि थाहा पाउनु होला ।’ रवि लामिछाने पदमुक्त भएपछि रिक्त भएको गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले सम्हालिरहेका छन् ।

    अव गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल जारी रहेको छ । नयाँ गृहमन्त्री कसलाई बनाउने भन्ने विषयलाई लिएर सत्ता साझेदार दलहरु माओवादी केन्द्र, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा द्वन्द्व सिर्जना भएको छ ।

    प्रधानमन्त्री प्रचण्ड आफूले राखेको गृहमन्त्रालय आफ्नै पार्टीका सांसदलाई नै बनाउने चाहना राखेका छन् भने सत्ता गठबन्धनमा यसअघि भएको सहमतिअनुसार एमाले र रास्वपाले भने रास्वपाले नै पाउनेपर्ने अडान राख्दै आएका छन् ।

    माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । आजको पदाधिकारी बैठकपछि बोल्दै माओवादी केन्द्र उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्रीबारे कुनै पनि कुरा नभएको बताए ।

    आजको बैठकमा गृहमन्त्री बारेमा कुरा नभएपछि प्रधानमन्त्री प्रचण्ड आफैंले यसको बारेमा निर्णय गर्ने भएका हुन् । यद्यपि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री कसलाई बनाउने भन्ने बारेमा स्थायी समिति बैठकमा छलफल हुनेसक्ने संकेत चाहि गरेका छन् ।

    हिजो नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर रास्वपा सभापति लामिछानेलाई पुन: गृहमन्त्री बनाउन दवाव दिएको र लामिछानेले समेत भेटेर गृहमन्त्रीमा दोहोरिन चाहेपछि पार्टीमा आन्तरिक छलफल गर्न माओवादी केन्द्रले स्थायी कमिटी सारेर पदाधिकारी बैठक बोलाएको थियो ।

    प्रधानमन्त्री प्रचण्डलाई हिजो भेटेर रास्वपाका सभापति लामिछानेले आफूलाई पुन: गृहमन्त्री नियुक्त गर्न अनुरोध गरेका थिए । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकबाट पुनः सभापतिमा चयन भएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई फेरि गृहमन्त्री बनाउन आग्रह गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.