सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्ला प्रशासनबाट रवि लामिछानेले लिए नेपाली नागरिकताको प्रमाणपत्र


  •    न्युजभित्तो/१५ माघ २०७९, आईतवार १४:१७ 
  • काठमाडौँ, १५ माघ। रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुन: नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । अनागरिक भएका लामिछाने आज नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए ।

    उनले नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएसंगै उनले पुन: नागरिकता प्राप्तिको प्रक्रिया अघि बढेको थियो ।

    उनले नागरिकताको प्रतिलिपि प्राप्त गरेपछि निस्सा दर्ता गर्नासाथ बंशजको आधारमा उनले पुरानै अभिलेख अनुसार नागरिकताको प्रमाणपत्र पाएका हुन् । उनले यसअघि नागरिकता प्रमाणपत्र लिनका लागि उनले प्रशासनसँग पनि समन्वय गरेका थिए ।

    शुक्रबार सर्वोच्च अदालतको फैसलापछि अनागरिक बनेका लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया अघि बढाएका थिए । जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेबारे जिज्ञासा राखेको थियो ।

    नेपाली नागरिकता लिन लामिछाने जिल्ला प्रशासन कार्यालय पुगेपछि त्यहाँ ठूलो भिडभाड भएकोले बाक्लोरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । लामिछाने नागरिकता लिन आउने भएपछि बिहानैदेखि जिप्रका परिसरमा उनका कार्यकर्ता, समर्थक र सञ्चारकर्मीको बाक्लो उपस्थित रहेको छ ।

    लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेतापनि जिल्ला प्रशासन कार्यालय परिसरमा भिडभाड भएकोले उनी केही समयपछि मात्र बाहिरिने भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.