राष्ट्रिय

राष्ट्रपतिबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी
-न्युजभित्तो

काठमाडौं, २३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ...

सरकार पक्षको बहस- न्यायाधीश कार्की र भट्टराई संवैधानिक इजलासमा बस्न मिल्दैन
-न्युजभित्तो

काठमाडौं, २३ जेठ । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलास पटक पटक विवादमा पर्न थालेको छ । यसअघि रिट निवेदक पक्षका वकिलहरुले इजलासमा परेका न्यायाधीशमाथि प्रश्न उठाएर पुनर्गगठन हुने गरेकोमा यसपटक सरकार पक्षका वकिलले सोही प्रश्न उठाएका छन्...

एमसीसीको बजेट र ढुंगा गिटी निकासीबारेको निर्णय खारेज गर्न सरकारलाई २२ दलको चेतावनी
-न्युजभित्तो

काठमाडौँ, २३ जेठ । विभिन्न २२ राजनीतिक संगठनको कार्यगत एकता समुहले संसदबाट पारित नै नभएको एमसीसी परियोजना अन्तर्गतको विद्युतको हाइटेन्सन लाइनका लागि अध्यादेशमार्फत छुट्याएको बजेट र व्यापार घाटा कम गर्न भन्दै ढुंगा गिटी निकासी गर्ने निर्णय खारेज गर्न माग...

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु
-न्युजभित्तो

 काठमाडौं,२३ जेठ । बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका-८ का ३९ वर्षीय पुरुषको आइतबार बिहान एक बजेतिर र ठाकुरबाबा नगरपालिका-२ का ५५ वर्षीय पुरुषको बिहान साढे ५ बजे भेरी अस्पतालमा...

माधव नेपाल समूहको निश्कर्ष : वैकल्पिक बाटो रोज्नुपर्ने हुन सक्छ
-न्युजभित्तो

 काठमाडौं,२३ जेठ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफूहरुको माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु नहुने निष्कर्ष निकालेको छ । यो यस्तो अवस्थामा संविधानको रक्षा र लोकतन्त्रका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष पनि...

कोरोना संक्रमणबाट केस कर्माचार्यको निधन
-न्युजभित्तो

काठमाडौँ, २३ जेठ । नेपाल महिला सङ्घ केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले सङ्घका केन्द्रीय सदस्य सङ्गीता कर्माचार्यको असामयिक निधनमा शोक प्रस्ताव पारित गर्दै तीनदिसम्म सङ्घको झण्डा झुकाउने निर्णय गरेको छ । कोरानोबाट केस कर्माचार्यको शनिबार निधन भएको थियो । सङ्का...

जग्गा गुठीमा दर्तापछि सरकारी सुविधाबाट वञ्चित
-न्युजभित्तो

रोल्पा, २३ जेठ । तीन स्थानीय तहका १८८ घरधुरीको जग्गा गुठीका नाममा दर्ता भएपछि स्थानीय सरकारी सेवा र सुविधा पाउनबाट वञ्चित भएका छन् । आवादी जग्गा, खेत र घरसमेत विभिन्न धार्मिक मठमन्दिरका नाममा दर्ता भएपछि उनीहरु सम्पत्तिको अधिकारबाट समेत वञ्चित...

राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग
-न्युजभित्तो

काठमाडौँ, २३ जेठ । नेपाल हस्तकला महासङ्घले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । हस्तकला उद्यमी व्यवसायीको प्रतिनिधिमूलक छाता सङ्गठन महासङ्घले विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै कोरोना नियन्त्रणका लागि...

करेन्ट लागेर एकको मृत्यु
-न्युजभित्तो

उदयपुर, २३ जेठ ।  चौदण्डी गढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा आज बिहान बेल्टार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान ७ः३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला सडकमा विद्युत्को काठको मक्किएको पोल ढलेको र...

यार्सागुम्बा सङ्कलनका क्रममा लडेर मृत्यु
-न्युजभित्तो

दार्चुला, २३ जेठ  । यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो । अपी हिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका महेशको भिरबाट लडेर...