राजनीति

सरकारलाई जनताको दुःख बोध नभएको जस्तो देखियो : सभापति देउवा
"एमसिसी पारित गर्ने प्रक्रिया अघि बढाउन जोड "
-न्युजभित्तो

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै कोभिड–१९ ले गर्न सक्ने क्षतिबारे ज्ञान नभएको जस्तो देखिएको बताउनुभएको छ । नेपाल सरकारको आव २०७७र७८ को नीति तथा कार्यक्रमका...

दासढुंगामा मदन–आश्रित स्मृति दिवस (फोटो फिचर)
-न्युजभित्तो

चितवन । तत्कालिन नेकपा (एमाले) का महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनास्थल दासढुंगामा शनिबार मदन आश्रित स्मृति दिवस मनाईयो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले संक्षिप्त कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाएको हो...

आज २७औँ मदन–आश्रित स्मृति दिवस, नेकपालाई थप सशक्त बनाउने अध्यक्षद्वयको प्रतिबद्धता
-न्युजभित्तो

काठमाडौँ । आज जेठ ३ गते, तत्कालीन नेकपा (एमाले)का महासचिव जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको २७औँ स्मृति दिवस । २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको रहस्यमयी जीप दुर्घटनामा मदन–आश्रितको निधन भएको थियो । उहाँहरु...

पूर्व राजा ज्ञानेन्द्रलाई मिल्यो पास, झापाबाट काठमाण्डौंतर्फ प्रस्थान
-न्युजभित्तो

झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाबाट काठमाडौं आउने पास पाउनु भएको छ । उहाँ दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानमा रहेको निवासबाट शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाण्डौ फिर्ता हुनुभएको हो । कोभिड –१९ को रोकथामका लागि सरकारले चैत...

प्रजातन्त्र सेनानी पाठकको ९० वर्षको उमेरमा निधन
-न्युजभित्तो

चितवन । प्रजातन्त्रका सेनानी भिमप्रसाद पाठकको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ । दिउँसो उहाँकै निवास गीतानगरमा निधन भएको हो । पाठक लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । पञ्चायत कालमा नेपाली काँग्रेस गीतानगर गाउँकमिटीको संस्थापक सदस्य भई संगठन बिस्तारका लाग्नु...

सङ्घीय संसद्को बजेट अधिवेशन शुरु
-न्युजभित्तो

काठमाडौँ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बजेट अधिवेशन आजदेखि शुरु भएको छ । सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७७/७८ को आय तथा व्ययको विवरण (बजेट) आगामी जेठ १५ गते प्रस्तुत...

संसद बैठकका लागि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा : सभामुख
-न्युजभित्तो

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “वर्तमान परिस्थितिमा सङ्घीय संसद्को बैठक शुरु गर्नुपर्ने...

नेकपाको स्थायी कमिटी बैठक स्थगित
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिहीबार हुने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार बोलाइएको स्थायी कमिटी बैठक स्थगित गर्नुभएको हो । स्थायी कमिटी...

‘विप्लब’का छैटौँ तहका नेता विरहीको प्रहरीको निगरानीमा विशिष्ट सुविधासहित उपचार हुँदै
-न्युजभित्तो

चितवन । नेत्रविक्रम चन्द ‘विप्लब’ समूहसम्बद्ध केन्द्रीय नेता अनिल शर्मा ‘विरही’को भरतपुर अस्पतालमा क्याबिनमा राखेर उपचार भइरहेको छ । उहाँ लिस्नुबाट लडेपछि ढाडको उपचार गर्ने क्रममा मंगलबार कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा आइपुग्नुभएको थियो । प्रहरीको निगरानीमा रहनुभएका उहाँलाई सोही...

भरतपुर कोरोना अस्पतालको अनियमितता र चोरीको मुद्दालाई लिएर कांग्रेस चितवनले आन्दोलन चर्काउने
-न्युजभित्तो

चितवन । नेपाली काँग्रेस चितवनले भरतपुर महानगरपालिकाको नेतृत्वमा निर्माण भएको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालमा भएको अनियमितता र चोरीको मुद्दालाई लिएर आन्दोलन सशक्त बनाउने निर्णय गरेको छ । काँग्रेस चितवनको आज (मंगलबार) सम्पन्न पदाधिकारी बैठकले कोरोना अस्पतालमा भएको अनियमितताका...