सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपालाई फुटबाट जोगाउन अन्तिम प्रयास


  •    न्युजभित्तो/२१ असार २०७७, आईतवार ०८:५१ 
  • काठमाडौं । दुई तिहाईको सरकार चलाइरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई फुटबाट जोगाउन अन्तिम प्रयास जारी छ । दोस्रो पुस्ताका नेताहरुले हस्तक्षेपकारी भूमिका खेल्दै फुटलाई जोगाउने अन्तिम प्रयास गरिरहेका हुन् ।

    पहिलो तहको नेताहरुको छलफल निष्कर्षमा पुग्न नसकेपछि अन्ततः पार्टी फुटको संघारमा पुगेको छ । नेताहरुको अनुसार पार्टी लगभग फुटको संघारमा पुगेको छ र अब कसले अगाडि औपचारिक निर्णय गर्ने भन्ने बारे मात्र सार्वजनिक हुन बाँकी छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री र राज्यमन्त्रीहरुसंग छलफल गर्दै पार्टी फुट नजिक पुगेको र आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् । उनले पार्टीलाई फुटबाट जोगाउन प्रयास गरे पनि त्यो असम्भव जस्तै बन्न थालेका सुनाएका थिए । उता सोही बेला अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु बसेको बैठकले सरकारलाई फिर्ता बोलाउने सम्मको निर्णय गर्ने अन्तिम सहमति विन्दुमा पुगेका छन् । आफूहरुको माग बारे प्रधानमन्त्रीले चट्टानी अडान लिएपछि अब बाध्य भएर बहुमतबाट निर्णय गर्ने निश्कर्षमा पुगेका छन् ।

    यसरी दुई पक्षको शक्ति संघर्षले २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेष गरी तीन नेता केपी शर्मा ओली, पुष्पकमल दाहालर माधव नेपालको शक्ति संघर्षका कारण पार्टी अब नेकपाको फुटलाई जोगाउन कसैले नसक्ने विश्लेषण गरिएको छ । स्वंम प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पार्टी फुटको अवस्थामा पुगेको र आफ्नो तयारी गर्न सुझाव दिएको कुरा नै प्रयाप्त पुगेको छ ।

    विवाद मिलाउनकै लागि भए पनि स्थायी कमिटी बैठक असार २२ गते भोलि (सोमबार) सम्मका लागि स्थगित गरिएको छ । तर यो बीचमा सकरात्मक वार्ता हुनुको साटो दुवै पक्षले एकअर्कालाई गलाउने रणनीति बनाउन मात्र व्यस्त भए । नेताहरुको यस्तो गतिविधिले सोमबारसम्ममा नेकपा फुटको अवस्थामा पुग्ने स्रोत बताउँछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.