सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओलीको समर्थनमा शुक्रबार चितवनमा बृहत प्रदर्शन गरिने


  •    न्युजभित्तो/१८ असार २०७७, बिहीबार २२:०१ 
  • चितवन । राष्ट्रवादी नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको समर्थनम शुक्रबार चितवनको भरतपुरमा शुक्रबार बृहत प्रदर्शन हुने भएको छ । अपरान्त ४ बजे भरतपुरको चौबीसकोठीमा प्रदर्शन हुन लागेको हो । लिम्पियाधुरासहितको गुमेको भूमि नेपालको नक्सामा ल्याई भूमि फिर्ताको कुटनीति पहल शुरु गरेका केपी ओलीका विरुद्ध भारतीयको ईसारामा सत्ताच्युतको गर्ने खेलमा लागेका विरुद्ध प्रदर्शन हुन लागेका बताईएको छ ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि ओलीका समर्थकले प्रदर्शन गर्न लागेका हुन् । बिहीबार पनि देशका विभिन्न भागमा प्रदर्शन भएका छन् । शुक्रबार चितवन सहित देशका विभिन्न भागमा प्रदर्शन हुने जनाईएको छ ।

    गाउँ गाँउबाट प्रधानमन्त्री ओलीका समर्थक र नेकपाका कार्यकर्ताहरुलाई उपस्थित हुन आग्रह गरिएको विद्यार्थी नेता अस्मिन घिमिरेले जानकारी दिनुभयो । केही नेताको स्वार्थ पूरा गर्न र भारतीय चलखेलका आधारमा केपी ओलीको सरकारलाई दबाब दिने काम भएको भन्दै सरकारलाई सत्ता नछाड्न दबाब दिने उहाँले बताउनुभयो ।

    सो कार्यक्रममा “सरकार ढाल्न पाइँदैन”, “आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई” जस्ता नारा तय गरिएको छ । केपी ओली पाँच वर्षका लागि प्रधानमन्त्री हुने भन्दै निर्वाचनमा प्रचार गरेर दुई तिहाई नजिक पुगेको नेकपामा केही सत्ता लुलुपहरुले भारतको ईसारामा सरकार ढाल्ने असफल प्रयास गरेको आरोप लागेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.