काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २२ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा नेता सूर्य थापाले बैठक स्थगित भएको जनाउनु भएको छ ।
पार्टीमा जारी विवाद साम्य पार्न संवादका लागि समय थप गरिएको हो । शुक्रबार दुई अध्यक्षबीच संवाद भए पनि निष्कर्षमा पुग्न सकेको थिएन । निष्कर्षमा पुग्नका लागि अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल लगायतका नेताहरु दुई पक्षीय, त्रिपक्षीय छलफल गर्नुपर्ने देखिएपछि समय थप गरिएको बताईएको छ ।
पार्टी फुटको संघारमा पुगेपछि फुटलाई जोगाउनु पर्ने दवाव चौतर्फी रुपमा आएपछि नेताहरु जसरी पनि सहमतिमा पुग्नेपर्ने बाध्यतामा परेका छन् । जसका कारण उनीहरु स्थायी कमिटीको बैठक पर सारेर भए पनि सहमति खोज्नेतर्फ लागेको बताईएको छ । बैठक आज शनिबार ११ बजे बस्ने भनिए पनि असार २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।