सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा विवाद : पार्टी एकता जोगाउन पहल


  •    न्युजभित्तो/१८ असार २०७७, बिहीबार १९:२२ 
  • –प्रकाश सिलवाल

    काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी गम्भीर सङ्कटको मोडमा पुग्न लागेको चिन्तासहित एकता रक्षाका लागि प्रयास भइरहेको छ ।

    पछिल्ला घटनाक्रमका बीच बिहीबार बसेकोे सो पार्टीको स्थायी कमिटीको बैठकमा सरकार र पार्टीको समन्वय अभावमा एकता गम्भीर सङ्कटको मोडमा पुग्न लागेको त होइन भन्ने चिन्ता देखिएकाले एकतालाई हरहालतमा रक्षा र सुदृढ गर्न आह्वान गरिएको छ ।

    बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा तोकिएको स्थायी कमिटी बैठक बस्ने तयारी भएका बेला मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक पनि डाकिएपछि बिहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको टेलिफोन कुराकानीमा अध्यक्ष दाहालले स्थायी कमिटीको बैठकलाई निरन्तरता दिन र तत्काल मन्त्रिपरिषद्को बैठक नराख्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्को् चालू अधिवेशन अन्त्यको सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिएपछि अध्यक्ष दाहालले अधिवेशन अन्त्य गराउन नहुनेमा जोड दिनुभएको थियो ।

    स्थायी कमिटीको बैठक शुरु भई अघिल्ला दिन चल्दै आएका विषयवस्तुमा अमृतकुमार बोहरा र केशव बडालले धारणा राखेपछि मन्त्रिपरिषद् बैठक हुने समय भएकाले सो बैठकमा मन्त्री रहेका स्थायी कमिटीका सदस्यहरु जानुभएको थियो । केहीबेरमै मन्त्रिपरिषद् सम्पन्न भई संसद्को चालू अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको जानकारी आएपछि बैठकमा सो विषय उठेपछि छलफल अघि बढ्न सकेन । स्थायी कमिटी बैठक रोकेर प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेल छलफलमा जुट्नुभयो । त्यहीबीचमा अध्यक्ष दाहालले सचिवालय सदस्य र अन्य सदस्यका बीचमा सामूहिक र व्यक्तिगत छलफल गर्नुभएको थियो ।

    सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश पुनः ल्याउने हो कि भन्ने चर्चा चलेको सन्दर्भमा अध्यक्ष दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेर स्थितिका बारेमा जानकारी गराउनुभएको थियो । सो अवधिमा स्थायी कमिटीको बैठक पुनः बस्ने हो÷होइन भन्ने अन्योलमा सदस्यहरु परेका थिए भने सञ्चारकर्मीहरु कुनै नयाँ वा महत्वपूर्ण समाचारको प्रतीक्षामा भेला भएका थिए ।

    नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुई अध्यक्षबीच बिहानको समझदारीविपरीत मन्त्रिपरिषद्को बैठक भएको र संसद् अधिवेशनको अन्त्यको विषय तथा अध्यादेश ल्याउने तयारीका सम्बन्धमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग असन्तुष्टि व्यक्त गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले तत्काल अध्यादेश ल्याउने योजना नरहेको सुनाउनुभएको थियो । शीतल निवासबाट फर्केपछि दिउँसो ४ः३० बजे भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले ती विषयमा जानकारी गराउँदै अर्को बैठक यही असार २० गतेका लागि तोक्नुभयो । कार्यव्यस्तताका कारण प्रधानमन्त्री ओली आजको पार्टीको बैठकमा उपस्थित हुनुभएको थिएन ।

    प्रवक्ता श्रेष्ठले पत्रकारसँग भन्नुभयो, “यस्तो नहनुपर्ने हो । यसले गर्दा पार्टी एकता नै गम्भीर सङ्कटको मोडमा पुग्न लागेको त होइन रु भन्ने चिन्ता पैदा भएकाले पार्टी एकतालाई हरहालतमा रक्षा र सुदृढ तुल्याउनुपर्छ भन्ने स्थायी कमिटीका सदस्यहरुको जोड रहेको छ ।” पार्टी एकताका सङ्कट भनेको के हो रु भन्ने प्रश्नमा उहाँको जवाफ थियो, “समाचारको सबै भाषा मैले नै मिलाइदिनुपर्ने रु सङ्कट भनेपछि बुझ्नुस् न । पार्टीलाई यो सङ्कटबाट बचाउनुपर्छ । हामी सबैले प्रयत्न गर्नुपर्छ ।” उहाँले नेताहरुबीच अनौपचारिक छलफल र सहमतिको प्रयासका लागि शुक्रबारका बैठक नराखी शनिबार ११ बजे तोकिएको छ ।

    प्रधानमन्त्रीको राजीनामा माग गरिएको विषयमा सोधिएको जिज्ञाशामा प्रवक्ता श्रेष्ठले बैठकमा विभिन्न कोणबाट पार्टी र सरकारलाई सफल बनाउने, देशलाई अस्थिरतातर्फ लान नदिने विषयमा छलफल जारी रहेकाले निष्कर्ष आएपछि मात्रै भन्न सकिने स्पष्ट गर्नुभयो ।

    रासससँग कुरा गर्दै स्थायी कमिटीका सदस्य गणेश साहले पार्टी नेतृत्वसँग छलफल नगरी संसद्को अधिवेशन अन्त्य गराइनु गलत भएको र आपसी विवादका कारण पार्टी फुटको सङ्घारमा पुगेकाले एकता बचाउन प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको बैठक असार २२ गते बोलाएको छ तर आजै अधिवेशन अन्त्य हुनु जननिर्वाचित सांसदहरुको अवमूल्यन हो । प्रधानमन्त्रीले वामदेव गौतमलाई राष्ट्रियसभामा लाने यसअघिको निर्णय पनि कार्यान्वयन गर्नुभएन । यस्ता शैलीका कारण समस्या उत्पन्न हुँदै आएको हो ।” तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच २०७५ जेठ ३ मा एकता भएको थियो ।

    यही असार १० गतेदेखि जारी स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरूको भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा ९एमाले० नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदनका विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । यही असार १४ गते जननेता मदन भण्डारीको जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले सरकार हटाउन भारतका संयन्त्र सक्रिय रहेको अभिव्यक्ति दिनुभएको थियो ।

    बैठकमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसीलगायत कार्यसूची राखिएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
    राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
    • ‘खोज र खोप’ अभियान
    • ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस्ः कांग्रेस महामन्त्री पौडेल
    • संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने कांग्रेसको निर्णय
    • भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.