सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा स्थायी कमिटीको बैठक २४ गतेसम्मका लागि स्थगित


  •    न्युजभित्तो/२२ असार २०७७, सोमबार १०:११ 
  • काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज सोमबार बस्ने भनिएको बैठक नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबार (२४ गते) सम्मका लागि स्थगित गरिएको हो ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अब स्थायी कमिटीको बैठक यही असार २४ गते ११ बजे बस्ने छ । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने छ । यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो ।

    स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह चुलिएको छ । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव दिएका छन् । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा हुनुहुन्छ । नेपालको कालापानी सहितको भूभाग नेपालको नक्सामा समेटेपछि देशी विदेशी शक्ति आफूलाई पदबाट हटाउन लागिपरेको प्रधानमन्त्रीको बुझाई छ । पार्टीलाई फुटबाट जोगाउन छलफलहरु जारी रहेको भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.