सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थिर सरकारको माग गर्दै भरतपुरको चौबीसकोठीमा युवा विद्यार्थीको प्रदर्शन


  •    न्युजभित्तो/२४ असार २०७७, बुधबार १६:२५ 
  • चितवन । स्थिर सरकारको माग गर्दै चितवनका युवा विद्यार्थीहरु सडकमा ओर्लिएका छन् । वर्तमान केपी ओली सरकार पाँच वर्ष निरन्तर चल्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

    वर्तमान सरकारको पार्टीभित्रबाटै राजीनामा मागिएपछि त्यसको विरोधमा भरतपुरमा युवा, विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । असारको चर्को घामको परवाह नगरी सयौ युवाहरु बुधबार दिउँसो भरतपुरको चौबीसकोठीमा राष्ट्रिय झण्डा, नेपालको नक्सा र केपी ओलीको फोटो सहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले स्थिरता झल्किने नारा अंकित प्लेकार्ड बोकेका थिए ।

    भरतपुरको चौबिसकोठीदेखि चितवन मेडिकल कलेजको गेटसम्म विभिन्न प्लेकार्ड बोकेर लामबद्धरुपमा प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसन चितवनका अध्यक्ष कमल पाठकले देशले गुमाएको भूमिसहितको नेपालको नक्सा सार्वजनिक गरे लगत्तै पार्टीभित्रबाटै सरकारको राजीनामा माग गर्नु विडम्वना भएको बताउनुभयो ।

    उहाँले प्रदर्शमा सहभागी कतिपयले केपी ओलीलाई समेत नचिनेको तर स्थिर सरकार चाहिन्छ भन्ने पक्षमा सडकमा आएको बताउँदै यो वा त्यो भन्दा पनि नेपालमा स्थिर सरकार हुनुपर्नेमा जोड दिनुभयो । देशको आर्थिक विकास र समृद्धिको लागि पनि केपी ओली सरकार पाँच वर्षसम्म चल्नुपर्ने उहाँको भनाई थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.