राजनीति

माओवादीको सर्कुलर : जिल्लामा कम्तिमा एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउनुपर्ने
-न्युजभित्तो

काठमाडौँ, २९ चैत। नेकपा (माओवादी केन्द्र)ले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित  भन्दै प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक विशेष सर्कुलर...

कांग्रेसबाट भरतपुर महानगरको मेयरमा २५, उपमेयरमा २६ जनाको मनोनयन दर्ता
-न्युजभित्तो

भरतपुर,२९ चैत्र । भरतपुर महानगर मेयरको उमेदवारका लागि नेपाली कांग्रेसका २५ नेताले दाबी प्रस्तुत गरेका छन् । पार्टी कार्यालय नारायणगढ कमलनगरमा स्थानीय तह निर्वाचनका लागि भरतपुर महानगरको मेयरमा २५ जनाले मनोनयन दर्ता गरेका हुन् । भरतपुर महानगरको उपमेयरमा २६...

भरतपुरको मेयर फेरि माओवादी केन्द्रलाई दिन देउवा तयार
-न्युजभित्तो

भरतपुर,२९ चैत्र । भरतपुर महानगरपालिकाको मेयर फेरि नेकपा माओवादी केन्द्रले पाउने भएको छ । चितवनका नेता कार्यकर्ताको तीव्र दबाबका बाबजुत पनि प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर माओवादीलाई दिन तयार भएका हुन् माओवादी अध्यक्ष पुष्पकमल दाहालले छोरी रेनुलाई मेयर बनाउने प्रस्ताव देउवासँग...

इच्छाकामना गाँउपालिकाको अध्यक्षमा एमालेका तर्फबाट दानबहादुर गुरुङ सर्वसम्मत उम्मेदवार
-न्युजभित्तो

मुग्लिन, २८ चैत । नेकपा (एमाले) को इच्छाकामना गाउँ कमिटीले पालिका अध्यक्षमा दानबहादुर गुरुङको नाम सर्वसम्मतले सिफारिस गरेको छ । सोमबार बसेको गाउँ कमिटी बैठकमा अध्यक्ष कृष्ण सिलवालले गुरूङलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने प्रस्ताव गर्नु भएको हो । सोही...

चितवनमा रेखा थापाको नेतृत्वमा राप्रपाको निर्वाचन लक्षित प्रचार अभियान सुरु
-न्युजभित्तो

चितवन, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजदेखि चितवनमा घरदैलो अभियान सुरु गरेको छ । स्थानीय तहको निर्वाचन लक्षित घरदैलो अभियानको औपचारिक सुरुवात गरिएको हो । राप्रपाले निर्वाचन केन्द्रीत घरदैलोका लागि चितवनमा रेखा थापालाई खटाएको छ । केन्द्रको...

नेपाली कांग्रेसको तर्फबाट भरतपुरको मेयरमा २५ र उपमेयरमा २४ जना आकांक्षी
-न्युजभित्तो

चितवन, २८ चैत । भरतपुर महानगरपालिकामा कांग्रेसका २५ जनाले मेयर र २४ जनाले उपमेयरमा आकांक्षा देखाएका छन् । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरको मेयर र उपमेयरका लागि आईतबार र सोमबार आकांक्षीहरुको नाम संकलन गरेको हो । दुई दिनसम्म नाम दर्ता...

सबै पालिकामा उम्मेदवार सिफारिस गर्न एसको निर्देशन, विद्रोहमा भूमिका खेलेकालाई प्राथमिकता
-न्युजभित्तो

काठमाडौं,२८ चैत्र। नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार सम्पन्न भएको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी बनाएको हो । समितिमा...

भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने अडान राखेर फर्किए चितवनका नेता
-न्युजभित्तो

भरतपुर,२८ चैत्र । भरतपुर महानगरपालिकाको मेयर पदको उमेदवार नेपाली कांग्रेसकै हुनुपर्ने बटमलाइन राखेर काठमाडौँ गएका चितवनका नेताहरु फर्केका छन् । सत्तारुढ गठबन्धनबीच भरतपुर महानगर नेकपा माओवादी केन्द्रलाई दिने भन्ने चर्चा चलेपछि चितवनका कांग्रेसका नेताहरु डेलिगेसनका लागि काठमाडौँ गएका थिए...

गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, तालमेलको मोडालिटीबारे छलफल हुने
-न्युजभित्तो

काठमाडौं, २८ चैत। स्थानीय चुनावमा तालमेलको मोडालिटीसम्बन्धी छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ । बिहान ९ बजे बालुवाटारमा नेताहरू बैठक बस्न लागेका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको हिजोको...

एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी उम्मेदवार
-न्युजभित्तो

चितवन, २७ चैत । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार बन्नु हुने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको नाम मात्रै जिल्ला कमिटीमा सिफारिस गरेको हो । एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव...