सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसबाट भरतपुर महानगरको मेयरमा २५, उपमेयरमा २६ जनाको मनोनयन दर्ता


  •    न्युजभित्तो/२९ चैत्र २०७८, मंगलवार ११:२७ 
  • भरतपुर,२९ चैत्र । भरतपुर महानगर मेयरको उमेदवारका लागि नेपाली कांग्रेसका २५ नेताले दाबी प्रस्तुत गरेका छन् । पार्टी कार्यालय नारायणगढ कमलनगरमा स्थानीय तह निर्वाचनका लागि भरतपुर महानगरको मेयरमा २५ जनाले मनोनयन दर्ता गरेका हुन् । भरतपुर महानगरको उपमेयरमा २६ जनाले मनोनयन दर्ता गरेका छन् ।

    मेयर पदमा मनोनयन दर्ता गराउनेमा केन्द्रीय सदस्य दिनेश कोइराला, पार्टीका निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्वसांसद् जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शङ्कर कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी, दीर्घमान श्रेष्ठ, नीलकण्ठ रिजाल, गौरीकुमारी श्रेष्ठ, मीनाकुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरूङ, मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, प्राडा केशवभक्त सापकोटा, टेकप्रसाद गुरूङ, राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे, हीरामणि अधिकारी र घनश्याम दवाडी रहेका छन् ।

    यस्तै, उपमेयर पदमा टङ्कनाथ पौडेल, तारा गुरूङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, निरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्णबहादुर गुरूङ, राजीव न्यौपाने, वीरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल, रविभद्र शर्मा खनाल, निर्मलराज पौडेल, सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरूङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र विदुर केसीले दाबी पेश गरेको नेपाली कांग्रेस भरतपुर महानगरका सचिव कृष्ण बगालेले जानकारी दिए ।

    आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरू भएर सोमबार अपराह्न चार बजे सकिएको महानगर प्रवक्ता ईश्वर प्रभाकर श्रेष्ठले जानकारी दिए । नेपाली कांग्रेसको केन्द्रीय निर्देशन र चितवन जिल्लाको परिपत्रअनुसार भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदका लागि मनोनयन दर्ता गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.