सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने अडान राखेर फर्किए चितवनका नेता


  •    न्युजभित्तो/२८ चैत्र २०७८, सोमबार ११:०१ 
  • भरतपुर,२८ चैत्र । भरतपुर महानगरपालिकाको मेयर पदको उमेदवार नेपाली कांग्रेसकै हुनुपर्ने बटमलाइन राखेर काठमाडौँ गएका चितवनका नेताहरु फर्केका छन् । सत्तारुढ गठबन्धनबीच भरतपुर महानगर नेकपा माओवादी केन्द्रलाई दिने भन्ने चर्चा चलेपछि चितवनका कांग्रेसका नेताहरु डेलिगेसनका लागि काठमाडौँ गएका थिए ।

    उनीहरु भरतपुर महानगरपालिकाको मेयर पदको उमेदवार नेपाली कांग्रेसकै हुनुपर्ने स्पष्ट अडान राखेर फर्केका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरूङले नेपाली कांग्रेसको चितवनको बैठकले भरतपुर महानगरमा मेयर पदको उमेदवारी कांग्रेसकै हुुनुपर्ने जुन अडान लियो त्यो अडान नै केन्द्रीय नेतासमक्ष राखेर जिल्ला फर्केको बताए । उनले भने, ‘करिब १० जना नेतालाई हामीले हाम्रो मागपत्र बुझायौँ, भरतपुरमा कांग्रेसबाट उमेदवार हुनुपर्छ भन्ने दाबी जनायौँ ।’

    उनले नेपाली कांग्रेस चितवनका नेताहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, कृष्ण सिटौला, प्रवक्ता प्रकाशशरण महत, उपसभापति धनराज गुरूङ, पूर्णबहादुर खड्कालगायतलाई चितवनको मागपत्रसहितको स्पष्ट अडान राखेर फर्किएको बताए । उनले भरतपुर महानगरपालिका मेयर कांग्रेसले पाउनुपर्छ भन्दै शीर्ष नेताहरुलाई दबाब दिएको बताए ।

    नेपाली कांग्रेस चितवनका निवर्तमान सचिव उत्तम जोशीले प्रधानमन्त्री देउवादेखि शीर्ष नेताहरुलाई भेटेर फर्किंदा भरतपुर महानगरको मेयर नेपाली कांग्रेसबाटै हुने विश्वास जागेको बताए । उनले भने, ‘सबै शीर्ष नेताहरु यस विषयमा गम्भीर भएको पाइयो, हामीले हाम्रो अडान राख्यौँ । उहाँहरुले चितवनको भावना बुझेको बताउनुभयो ।’

    जोशीका अनुसार शीर्ष नेताहरुलाई भेटेर फर्किंदा भरतपुर महानगरको मेयर पदको उमेदवार कांग्रेसबाट हुन्छ भन्ने आशा पलाएको छ । नेता जोशीले भने, ‘भेटघाटमा शीर्ष नेताहरुले चितवनको भावना हामीले बुझेका छौँ, गठबन्धन दलसँग भरतपुर महानगरको मेयरको उमेदवार बनाउन प्रयत्नशील रहन्छौँ भन्नुभयो, पूरा विश्वास बोकेर हामी फर्कियौँ ।’

    चितवनका जिल्ला सभापति राजेश्वर खनालको नेतृत्वमा नेताहरु जीतनारायण श्रेष्ठ, टेकप्रसाद गुरूङ, दिनेश कोइराला, उत्तम जोशीलगायत आधा दर्जन नेताहरुले दुई दिनसम्म काठमाडौँ नै रहेर शीर्ष नेताहरुलाई भेटघाट गरेका थिए । नेता जोशीले भने, ‘हामीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुरमा कांग्रेसबाटै मेयरको उमेदवार बनाउन गठबन्धनमा कुरा राख्छु भन्नुभयो, त्यसैले पनि हामीमा कांग्रेसबाटै भरतपुरको मेयरको उमेदवार हुन्छ भन्ने विश्वास जागेको छ ।’ भरतपुर महानगरपालिका कांग्रेसलाई पार्ने गरी छलफल अघि बढाउने आग्रह गरेको उनी बताउँछन् ।

    ‘देशभरमा झापापछि कांग्रेस सदस्यता बढी भएको ठाउँ भरतपुर हो, सुशील कोइरालालाई जिताएको ठाउँ हो’, कांग्रेसका एक नेताले भने, ‘यस्तो कांग्रेसको बाहुल्यता भएको ठाउँमा सबैभन्दा ठूलो पदमा कांग्रेसकै उमेदवार हुनुपर्छ, नत्र विद्रोह पनि हुन सक्छ ।’

    गठबन्धनमा भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने भन्ने चर्चा पनि छ । यदि यस्तो भएमा नेपाली कांग्रेसका केही नेताहरु बागी उठ्नेसम्मको चेतावनीसमेत दिएका छन् । कांग्रेसका जिल्ला नेताहरुले यसअघि २०७४ सालको गठबन्धनमा मेयर पदमा नेकपा माओवादी केन्द्रलाई सघाएपछि अहिले यसपटक भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने बताउँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.